कैलालीमा सुरक्षाकर्मीको उपस्थिति बढाउन माग « Khabarhub

कैलालीमा सुरक्षाकर्मीको उपस्थिति बढाउन माग


९ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित नेकपा एमालेका सांसद झपटबहादुर रावलले गृहमन्त्री बालकृष्ण खाडसँग भेटवार्ता गरेका छन् ।

कैलालीस्थित आफ्नो निर्वाचन क्षेत्रमा पछिल्लो समय अपराधिक घटनाहरु बढिरहेको भन्दै सांसद रावलले गृहमन्त्री खाणको ध्यानाकर्षण गराएका हुन् । गृह मन्त्रालयमा शुक्रबार ज्ञापनपत्र बुझाउँदै रावलले जनताको जिउधनको सुरक्षासहित शान्तिपूर्ण ढंगले बाच्न पाउने अधिकारको सिर्जना गर्न माग गरे ।

क्षेत्र नम्बर २ अन्तर्गत लम्कीचुहा नगरपालिका, जानकी गाउँपालिका र बर्दगोरिया गाउँपालिकामा जघन्य अपराधका घटनाहरु दिन प्रतिदिन बढ्दै गइरहेको, एकपछि अर्को गरी भइरहेका विभत्स हत्याका घटनाले स्थानीय आतंकित भइरहेको भन्दै रावलले शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन माग गरेका छन् ।

यस क्षेत्रका प्रहरी कार्यालयमा सुरक्षाकर्मीहरुको संख्या पनि आवश्यकताभन्दा कम रहेको जानकारी गराउँदै रावलले थप सुरक्षाकर्मीहरुको व्यवस्थासहित प्रहरी कार्यालयलाई साधनस्रोत सम्पन्न बनाउन पनि माग गरे । ‘प्रहरी कार्यालयहरुमा यातायातका साधन लगायत न्युनतम साधन श्रोतको अभाव हुनु अत्यन्तै दुखद पक्ष हो,’ उनले गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

आपराधिक क्रियाकलापलाई यथाशिघ्र नियन्त्रणमा ल्याई जनताको जिउज्यानको सुरक्षाको साथै शान्तिको प्रत्याभूति दिलाउन उनको माग छ ।

यसका लागि सांसद रावलले लम्कीचुहा नगरपालिकामा रहेको ईलाका प्रहरी कार्यालय मोतिपुरलाई प्रहरी नायब उपरीक्षक (डीएसपी) मातहतमा रहने गरी सञ्चालन गर्न सुझाव दिएका छन् ।

त्यसैगरी जानकी गाउँपालिकास्थित अमरावती प्रहरी चौकीमा थप प्रहरी सुरक्षाकर्मी तत्काल उपलब्ध हुने व्यवस्था मिलाउन माग गरेका छन् ।

रावलको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डेलाई तत्काल सुरक्षा व्यवस्था गर्न आवश्यक कारवाही अगाडि बढाउन निर्देशन दिएका छन् ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ३ : ४५ बजे

त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड

कैलाली– चाडपर्व तथा घरायसी कामका लागि घर फर्केकाहरू पुनः रोजगारीका

स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम

टक्सार– विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय

सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन

सिरहा– यहाँको सिरहा नगरपालिका–१९ सन्हैठास्थित सशस्त्र प्रहरी बल नेपाल नं

माछा मार्न गएका एक पुरुष मृत भेटिए

गोरखा– माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका