‘काँडेतार’को छायांकन सकियो « Khabarhub

‘काँडेतार’को छायांकन सकियो


१० पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिल्म ‘काँडेतार’को छायांकन सकिएको छ । नवल खड्काको निर्माण र निर्देशनमा बनेको फिल्मको हालै छायांकन सकिएको हो ।

निर्माता तथा निर्देशक खड्काका अनुसार सिमानामा काँडेतार बारले मुलुकबिचका नागरिक र भूमिको संरक्षण गर्दै असल छिमेकीसँगको सद्भाव कायम राख्न सकिन्छ भन्ने कथा फिल्मले बोकेको छ ।

फिल्ममा नवल खडका, गौरव पहाडी, रेविका गुरूङ, प्रशान्त यादब, सुरबिना कार्की, मुररीधर, सञ्जय खतिवडा, रोमियन लिम्बु, प्रेम सुब्बा, पर्शुराम चौधरीलगायतका कलाकारको अभिनय छ ।

गायिका सत्यकला राई कार्यकारी निर्माता रहेको फिल्ममा शिवम् अधिकारी र नवल खड्काको लेखन, सौरभ लामाको छायांकना, श्री श्रेष्ठको द्वन्द्व, कविराज गहतराको नृत्य र मणी थापा तथा दीपक शर्माको संगीत छ ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  १ : २८ बजे

बाढीपहिरोले क्षति पुर्‍याएका तनहुँका सडक तथा पुल मर्मत गर्न सिफारिस

दमौली–  गत असोज ९ देखि ११ गतेसम्मको अविरल वर्षासँगै आएको बाढीपहिरोले

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

काठमाडौँ–  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गरेकी छन् ।

पर्सामा एक महिनामा १११ अपराधका घटना, १२० प्रतिवादी पक्राउ

वीरगन्ज– पर्सामा पछिल्लो एक महिनामा विभिन्न प्रकृतिका १११ अपराधका घटना

आयोजनाको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

दमौली– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट

चीन–रुसद्वारा युरेसियामा बाह्य हस्तक्षेपको विरोध

बेइजिङ– चीन र रुसले युरेसिया महादेशमा स्थिरता कमजोर पार्ने बाह्य