पेन्सनमा बाँचिरहेका ‘महाभारत’का ‘भीम’ « Khabarhub

पेन्सनमा बाँचिरहेका ‘महाभारत’का ‘भीम’


१० पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– तीस वर्ष अघि दुरदर्शनमा प्रसारण भएको धार्मिक टेलिफिल्म ‘महाभारत’ निकै लोकप्रिय बन्यो । ‘महाभारत’ हेर्नकै लागि घर, चौर, गल्लीमा भीड नै लाग्थ्यो । गत वर्षको लकडाउनमा पनि यो शोलाई दर्शकले निकै मनपराए । ‘महाभारत’ लोकप्रिय हुने प्रमुख कारण यसका कलाकार हुन् ।

‘महाभारत’मा नछुट्ने चरित्र हुन्, गदाधारी भीम । यो भूमिका प्रवीणकुमार सोबतीले निभाएका थिए । उनले आफ्नो दमदार भूमिकाले न केवल अभिनयको दुनियाँमा आफूलाई स्थापित गराए, खेलको मैदानमा पनि उत्तिकै सफल भए । अहिले यी अभिनेताको स्वास्थ्य अवस्था ठीक छैन । उनको अहिलेको जीवनसहारा केवल पेन्सन मात्र हो ।

पञ्जाबमा सरकार बनाएका सबै पार्टी प्रति उनको गुनासो छ । जति खेलाडीले एसियन गेम खेल्छन् वा मेडल जित्छन्, उनीहरुलाई पेन्सनको व्यवस्था भए पनि आफूलाई भने त्यो सुविधा नदिइएको उनको गुनासो छ । प्रवीण सबैभन्दा बढी गोल्ड मेडल जित्ने खेलाडीमा पर्छन् । कमनवेल्थमा भारतबाट प्रतिनिधित्व गर्ने उनी एक्ला एथलेट हुन् ।

अमृतसरको सरहली गाउँमा बस्ने प्रवीणकुमारको जन्म सन् १९४६ सेप्टेम्बर ६ मा भएको थियो । बाल्यकालदेखि नै दुध, दही र घरको घ्यू खाएका कारण उनको शरीर दरिलो थियो ।

सन् १९८६ मा बीआर चोपडाले ‘महाभारत’ बनाउन लागेको र उनी आफूसँग भेट्न चाहेको बताए पछि प्रविण उनलाई भेट्न गएका थिए । उनलाई भेट्नासाथ प्रविणले ‘भीम भेटियो’ भनेका थिए । ५० बढी फिल्ममा अभिनय गरिसकेका उनले टेलिभिजन सिरिज ‘चाचा चौधरी’मा साबूको भूमिका निर्वाह गरेका थिए ।

प्रविण ७६ वर्षको उमेरमा जीवनयापन गर्नका लागि पैसाको बचत गरिरहेका छन् । स्पाइनल समस्याले उनले कुनै पनि काम गर्न पाएका छैनन् ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ५ : ०६ बजे

निगमले भन्यो- ग्यासको अभाव छैन, मागअनुसार आपूर्ति भइरहेको छ

काठमाडौं- खाना पकाउने एलपी ग्यासको बिक्री–वितरणलाई व्यवस्थित बनाउन नेपाल आयल निगमले

रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीनको मृत्यु

एजेन्सी– रुसले शनिबार बिहान युक्रेनको राजधानी किएभलाई लक्षित गरी ब्यालिस्टिक

पच्चिस करोडभन्दा कम लागतका उद्योगको सिफारिस प्रदेशबाटै

काठमाडौं– उद्योग विभागले स्थिर पुँजी २५ करोडभन्दा कम पुँजी भएका

धनुषामा कर्फ्यु हटाइयो, संवेदनशील क्षेत्रमा निषेधाज्ञा

जनकपुरधाम – जिल्ला प्रशासन कार्यालय धनुषाले कर्फ्यु आदेश हटाउँदै आज बिहान

हुलाकमार्फत आजदेखि घरदैलोमै सवारी चालक अनुमतिपत्र ढुवानी सुरु

कर्णाली– हुलाक निर्देशनालय सुर्खेतले आजदेखि नागरिकको घरदैलोमा सवारी चालक अनुमतिपत्र