नेपाली महिला टोली उज्वेकिस्तान र पुरुष माल्दिभ्ससँग भिड्दै « Khabarhub

नेपाली महिला टोली उज्वेकिस्तान र पुरुष माल्दिभ्ससँग भिड्दै


११ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एसियन सेन्ट्रल जोन महिला तथा पुरुष च्यालेन्ज कपमा आइतबार अपराजित नेपाली राष्ट्रिय महिला टोली र उज्वेकिस्तान एकअर्काविरुद्ध जित निकाल्ने लक्ष्यका साथ कोर्टमा उत्रिँदै छन् ।

बंगलादेशको ढाकामा बिहीबारदेखि जारी प्रतियोगितामा बलियो प्रतिस्पर्धीको रुपमा आफूलाई उभ्याएका दुई टोलीबीच दिउँसो सवा १ बजे प्रतिस्पर्धा हुन लागेको हो ।

नेपाल तीन खेलमा आठ अंक जोड्दै दोस्रो स्थानमा छ भने उज्वेकिस्तान नौ अंक जोड्दै शिर्ष स्थानमा छ । सात अंक जोडेको श्रीलंका तेस्रो स्थानमा र तीन अंक जोडेको किर्गिस्तान चौथो स्थानमा छ । बंगलादेश र माल्दिभ्स अंकविहीन छन् ।

साविक विजेता टोलीले आफ्नो पहिलो खेलमा बिहीवार श्रीलंकाविरुद्व ३-२ को जित निकाल्दै श्रीलंकासँग एक अंक बाँडेको थियो । यस्तै शुक्रबार माल्दिभ्स र शनिबार घरेलु टोली बंगलादेशलाई सोझो सेटमा पराजित गर्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको थियो ।

यसैगरी आइतबार नै हुने पुरुषतर्फको खेलमा नेपाली टोलीले माल्दिभ्ससँग पौने ४ बजे प्रतिस्पर्धा गर्दैछ । प्रतियोगितामा एक जित र दुई हार बेहोरेको पुरुष टोलीले तीन अंक जोडेको छ । यस्तै समान दुई खेल खेलेको आयोजक बंगलादेश र श्रीलंकाले समान ६ अंक जोडेका छन् । उज्वेकिस्तानले पनि तीन अंक प्राप्त गरेको छ ।

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  ८ : १६ बजे

करको दर पुनरावलोकन गरी पेट्रोलियम पदार्थको मूल्य घटाउन कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढेको भन्दै

निजी सञ्चार माध्यममा विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति

काठमाडौँ – निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र

प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन गर्न कांग्रेसको माग

काठमाडौँ – नेपाली कांग्रेसले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन गर्न

कैलालीमा छतबाट खसेर प्रहरी कार्यालयका सहयोगीको मृत्यु

कैलाली – भान्साको माथिल्लो तलाबाट खसेर सुदूरपश्चिम प्रदेश प्रहरी गण

पेट्रोलियम पदार्थको मूल्य घटाउन कांग्रेसको माग

काठमाडौं – नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको बढ्दो मूल्यका कारण जनजीवनमा