संकटा तेस्रो स्थानमा, बीबीसीको तेस्रो हार « Khabarhub

संकटा तेस्रो स्थानमा, बीबीसीको तेस्रो हार


११ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  ब्रिगेड ब्वाइज क्लब (बीबीसी) विरूद्ध ३-० को सहज जितसहित संकटा क्लब सहिद स्मारक ए डिभिजन लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न पहिलो खेलमा संकटाको सहज जितमा उत्तम राईले दुई गोल गर्दा लक्ष्मण रुचालले एक गोल गरे ।

१२औँ मिनेटमा उत्तम राईको गोलमा संकटाले अग्रता लियो । २८औँ मिनेटमा उत्तमले संकटाको अग्रता दोब्बर पारे । त्यसको १० मिनेटपछि लक्ष्मण रुचालले बललाई पोस्टको दिशा दिँदै संकटाको अग्रता ३० मा पुर्‍याएका थिए ।

जितसँगै ६ खेलमा ११ अंक जोडेको संकटा तेस्रो स्थानमा उक्लिएको छ । बिबीसी भने समान खेलमा पाँच अंकसहित १०औँ स्थानमा छ । आजै हुने दोस्रो खेलमा थ्री स्टार र त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  ३ : ३२ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा