दयालु चोर जसले चोरेको सामान माफी माग्दै फर्काइदिए « Khabarhub

दयालु चोर जसले चोरेको सामान माफी माग्दै फर्काइदिए


१३ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतको उत्तर प्रदेशको बान्दामा चोरीको एक रोचक घटना सार्वजनिक भएको छ ।

जब चोरलाई पसल धनीको समस्याको बारेमा थाहा भयो तब उनले सबै सामान फिर्ता मात्रै गरेनन् चोरी गरेकोमा माफीसमेत मागे। चोरले उक्त पसलमा चोरी गर्नुमा गलत सूचनालाई कारण मानेका छन् ।

बान्दाको चन्द्रायल गाउँका दिनेश तिवारी आर्थिक रुपमा निकै गरिब छन् । उनले ब्याजमा ४० हजार रिन लिएर वेल्डिंगको काम थालेका थिए। नियमित झैँ २० डिसेम्बरको बिहान पसल खोल्न पुगेपछि पसलको ताला टुटेको र पसलमा चोरी भएको पाए । यस विषयमा उनी प्रहरीकोमा उजुरी गर्न पनि पुगे तर कार्यालय प्रमुखको अनुपस्थितीका कारण उजुरी दर्ता हुन पाएन ।

दिनेशको पसलमा चोरी भएको खबर गाँउभरी फैलियो । लगत्तै चोरीको २ दिनपछि २२ डिसेम्बरका दिन गाउँका केहि मानिसमार्फत दिनेशले घरभन्दा केहि पर चोरी भएको सामान भेटिएको खबर पाए । चोरले चोरेको सामान सुरक्षित रुपमा एक बोरा र डब्बामा प्याक गरी त्यसमाथि माफीनामा लेखेर छाडेका थिए ।

फर्काएको सामानमा चोरले लेखेका थिए, यो दिनेश तिवारीको सामान हो । हामीलाई एक व्यक्तिबाट तपाईंको बारेमा थाहा भयो । हामी केवल त्यसलाई जान्दछौ जसले हामीलाई लोकेशनको सूचना दियो । ती दिनेश कुनै सामान्य मानिस होइनन् । तर जब हामीले तपाईंको बारेमा जानकारी पायौँ। हामीलाई दुख लागेको छ। त्यसैले हामी तपाईंको सामान फिर्ता दिदैँछौ । गलत लोकेशनका कारण हामीबाट गल्ती भयो । चोरको माफिनामा अनुसार चोर बाहरी भएको तर चोरलाई मद्दत गरी सूचना दिने व्यक्ति स्थानीय भएको बुझिन्छ ।

दिनेशका अनुसार उनको पसलबाट २ वेल्डिंग मेसिन, १ तराजु, १ ठुलो कटर मेसिन, १ ग्लेण्डर र १ ड्रिल मेसिन गरी कुल ५ सामान चोरी भएको थियो । तर ती सबै सामान दिनेशले सुरक्षित गरी फिर्ता पाएका छन् । दिनेश भन्छन्, ‘मेरो पसलमा चोरी कसले गर्‍यो । कसले सामान फिर्ता दियो त्यो मलाई थाहा छैन। त्यसैले मैले चोरीको सामान भेटिएको सूचना प्रहरीलाई दिइसके ।’

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  ६ : २२ बजे

ज्ञानेन्द्र शाहीको प्रश्न, ‘सुरुङभित्र फसेका नागरिक जिउँदै छन्, सरकार उद्धार गर्न किन जाँदैन ?’

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले रसुवाको भोटेकोशी

मनिष झाको प्रश्न : प्रहरीसँग एउटा हेलिकप्टर छैन, सधैँ लाठीकै भरमा खटाउने हो ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले विपद्का बेला उद्धार

अब उपभोक्तालाई ग्यास दिएर मात्रै व्यावसायिक क्षेत्रलाई दिइने

काठमाडौं– अब उपभोक्तालाई ग्यास उपलब्ध गराएर मात्रै अन्य व्यावसायिक क्षेत्रलाई

बेपत्ताका आफन्तले सास नभए लास मागिरहेका छन्, प्रधानमन्त्रीले बुझ्नुपर्छ : प्रभु साह

काठमाडौं– आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले भोटेकोशीमा

‘प्रधानमन्त्री राष्ट्रसंघमा जाऊन्, विकसित देशले राहत होइन, कार्बन उत्सर्जनको क्षतिपूर्ति दिनुपर्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले जलवायु