राजेश खन्नाको बायोपिक बनाउदै फराह « Khabarhub

राजेश खन्नाको बायोपिक बनाउदै फराह


१३ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– एक समयका बलिउडका ठूला सुपरस्टार दिवंगत अभिनेता राजेश खन्नाको बायोपिक बन्ने भएको छ । यो बायोपिकको कमाण्ड कोरियोग्राफर तथा निर्देशक फराह खानले सम्हाल्नेछिन् । फिल्मको निर्माण अभिनेता तथा निर्माता निखिल द्विवेदीले गर्नेछन् ।

राजेशको बायोपिक उनीमाथि गौतम चिन्तमणिले लेखेको पुस्तक ‘द लोनलिनेस अफ बिइङ राजेश खन्नाः डार्क स्टार’मा आधारित हुनेछ । यो फिल्मको निर्देशनसँगै फराह किताबका लेखकसँग स्क्रिप्ट लेखनमा सहकार्य गर्नेछिन् ।

‘हो, मैले राजेश खन्नामाथि गौतम चिन्तामणीले लेखेको पुस्तक पढेकी छु । जुन निकै दिलचस्प पुस्तक छ । योमाथि फिल्म बनाउने हाम्रो कुराकानी भइरहेको छ । अहिलेलाई योभन्दा बढी केही बताउन असमर्थ छु’, फराहले भनेकी छन् ।

निर्माता निखिलले पुस्तकको अधिकार आफूले खरिद गरेकाले फिल्म बनाउने विषयमा फराहसँग छलफल भइरहेको स्वीकारे ।

राजेशको वास्तविक नाम जतिन खन्ना थियो र उनले सन् १९६६ मा चेतन आनन्द निर्देशित फिल्म ‘आखिरी खत’बाट बलिउडमा पाइला चालेका थिए । ‘सुपरस्टार’ शब्द नै राजेशको लोकप्रियता देखेर बनाइएको थियो । आफ्नो समयमा राजेशको विशेषत युवती फ्यान फलोइङ अधिक थिए । उनीप्रति प्रेम दर्शाउन युवतीहरुले रगतको चिठ्ठीसमेत लेखेको खबर बाहिर आएको थियो ।

राजेशको बायोपिकमा शीर्ष भूमिका कसले निर्वाह गर्छ भन्ने निश्चित भइसकेको छैन् । फिल्मको सुटिङ पनि कहिलेबाट हुनेछ भन्ने केही टुंगो लागिसकेको छैन ।

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  ११ : ०८ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको