राजेश खन्नाको बायोपिक बनाउदै फराह | Khabarhub Khabarhub

राजेश खन्नाको बायोपिक बनाउदै फराह


१३ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– एक समयका बलिउडका ठूला सुपरस्टार दिवंगत अभिनेता राजेश खन्नाको बायोपिक बन्ने भएको छ । यो बायोपिकको कमाण्ड कोरियोग्राफर तथा निर्देशक फराह खानले सम्हाल्नेछिन् । फिल्मको निर्माण अभिनेता तथा निर्माता निखिल द्विवेदीले गर्नेछन् ।

राजेशको बायोपिक उनीमाथि गौतम चिन्तमणिले लेखेको पुस्तक ‘द लोनलिनेस अफ बिइङ राजेश खन्नाः डार्क स्टार’मा आधारित हुनेछ । यो फिल्मको निर्देशनसँगै फराह किताबका लेखकसँग स्क्रिप्ट लेखनमा सहकार्य गर्नेछिन् ।

‘हो, मैले राजेश खन्नामाथि गौतम चिन्तामणीले लेखेको पुस्तक पढेकी छु । जुन निकै दिलचस्प पुस्तक छ । योमाथि फिल्म बनाउने हाम्रो कुराकानी भइरहेको छ । अहिलेलाई योभन्दा बढी केही बताउन असमर्थ छु’, फराहले भनेकी छन् ।

निर्माता निखिलले पुस्तकको अधिकार आफूले खरिद गरेकाले फिल्म बनाउने विषयमा फराहसँग छलफल भइरहेको स्वीकारे ।

राजेशको वास्तविक नाम जतिन खन्ना थियो र उनले सन् १९६६ मा चेतन आनन्द निर्देशित फिल्म ‘आखिरी खत’बाट बलिउडमा पाइला चालेका थिए । ‘सुपरस्टार’ शब्द नै राजेशको लोकप्रियता देखेर बनाइएको थियो । आफ्नो समयमा राजेशको विशेषत युवती फ्यान फलोइङ अधिक थिए । उनीप्रति प्रेम दर्शाउन युवतीहरुले रगतको चिठ्ठीसमेत लेखेको खबर बाहिर आएको थियो ।

राजेशको बायोपिकमा शीर्ष भूमिका कसले निर्वाह गर्छ भन्ने निश्चित भइसकेको छैन् । फिल्मको सुटिङ पनि कहिलेबाट हुनेछ भन्ने केही टुंगो लागिसकेको छैन ।

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  ११ : ०८ बजे

भारत सरकारको स्पष्टीकरण : जर्मनी जान लागेकी नेपालीलाई कतार एयरवेजले रोकेको हो, हामीले होइन

नयाँ दिल्ली – जर्मनी जान लागेकी नेपाली नागरिक शम्भवी अधिकारीलाई

बेनी–दरवाङ सडक तीन दिनपछि सञ्चालन

म्याग्दी – म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

बुटवल-नारायणगढ सडक पूर्ण रूपमा अवरुद्ध

मध्यविन्दु – निरन्तर वर्षाका कारण हिलाम्ये भएको सडकमा सवारीसाधन फसेपछि

साँझबाट मौसममा क्रमिक सुधार

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले देशमा मौसम क्रमशः

सरकार र आन्दोलनरत नर्सबीच सहमति

काठमाडौं – सरकार र उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनरत नर्सबीच