हाम्रो शरीरमा मित्र–ब्याक्टेरियाको सङ्ख्या बढाउने तरिका « Khabarhub

हाम्रो शरीरमा मित्र–ब्याक्टेरियाको सङ्ख्या बढाउने तरिका


२१ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हाम्रो पेट र आन्द्रामा दुई प्रकारका ब्याक्टेरिया पाइन्छन् । पहिलो प्रकारको ब्याक्टेरिया ब्याक्टेरियल फ्लोरा हो, जसलाई बेनिफिसियल ब्याक्टेरिया भनेर पनि चिनिन्छ । यसको काम पेटको पर्यावरणलाई सन्तुलित र प्रणालीबद्ध राखी प्राकृतिक अनुकूलता पैदा गर्नु हो । यसलाई पेटको सुरक्षा सेना भने पनि हुन्छ ।

अर्काे थरी ब्याक्टेरियालाई प्याथोजेनिक ब्याक्टेरिया भनिन्छ । पहिलोको भन्दा विपरीत स्वभाव हुने यो ब्याक्टेरिया पेट र आन्द्राको सिस्टमलाई गोलमाल गरी प्रदूषण फैलाउने प्रवृत्तिको हुन्छ । यसलाई पेटरुपी आरोग्यभूमिको खतरनाक शत्रु भन्दा फरक पर्दैन।

उपयोगी प्रकृतिका ब्याक्टेरियाहरुमा बिफिडो, ल्याक्टो, बेसिली मुख्य हुन्, जसले शरीरलाई स्वस्थ राख्न मद्दत गर्दछन् । जसको सङ्ख्या लाखौँ–करोडौँमा हुन्छ भने हानिकारक व्याक्टेरियामध्ये क्लोस्ट्रिडिया निकै घातक प्रकृतिको हुने गर्दछ ।

प्रसिद्ध क्यानेडियन डाक्टर क्लिफका अनुसार शत्रु ब्याक्टेरियाको सङ्ख्या मित्र ब्याक्टेरियाको भन्दा निकै बढी हुने गर्छ ।

बुझ्नुपर्ने कुरा के हो भने खानपान, आहार–विहार दिनचर्या र विचार पद्धति त्यस्ता राख्नुपर्दछ कि जसको प्रभावले उपयोगी तथा अनुकूल ब्याक्टेरियाहरुको सङ्ख्या बढ्दै जाओस् र तिनीहरु स्थिर रहन सकून् ।

मित्र ब्याक्टेरिया बढाउने उपायहरु

– ताजा, रेसायुक्त, प्राकृतिक एवं सन्तुलित खाना खाने ।

– तयारी, डिम्बाबन्द खाना तथा जङ्कफुडको विकल्पमा ताजा खाना खाने ।

– समय समयमा उपवास बस्ने ।

– नियमित रुपमा व्यायाम, शारीरिक श्रम, खेलकूद तथा दौडमा सहभागी हुने ।

– सन्तुलित पोषणयुक्त, हरियो, अङ्कुरित गेडागुडी, मेवा (सुख्खा फल) आदिको पर्याप्त सेवन गर्ने ।

– स्थानीय गाईको दूध, दही, मही तथा घिउको सेवन गर्ने ।

– सलाद, चोकरयुक्र अन्न, अर्गानिक तरकारीको प्रयोगमा जोड दिने ।

– प्राकृतिक तथा सकारात्मक जीवनशैली अपनाउने ।

साभार  : ‘खाने कसरी ? पिउने कसरी’ पुस्तकबाट

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  ६ : ५८ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्