‘पुष्पा’का प्राविधिकलाई जनही एक लाख दिने घोषणा « Khabarhub

‘पुष्पा’का प्राविधिकलाई जनही एक लाख दिने घोषणा


१४ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– साउथ फिल्म ‘पुष्पा’ले बक्सअफिसमा आक्रामक व्यापार गरिरहेको छ । अल्लू अर्जुन स्टारर फिल्मले हालसम्म दुई सय ७५ करोड बढी कमाई गरिसकेको छ भने यसको मात्रा पनि बढ्दै गएको छ ।

फिल्मले सफलता पाएकोमा हालै फिल्म युनिटले एक कार्यक्रम गरेको थियो । जहाँ निर्देशक सुकुमार, अल्लू अर्जुन र अभिनेत्री रस्मिका मन्दानालगायतको उपस्थिति थियो । निर्देशक सुकुुमारले भावुक हुँदै फिल्म सफलताको श्रेय श्रीमति थबिता, निर्माता चिरञ्जीबी, कलाकारहरु र फिल्मका प्राविधिक सदस्यलाई दिए । उनले कार्यक्रममा लाइटमेन, सेट ब्वाइ, कष्ट्युम र प्रोडक्सन विभागका प्राविधिकलाई जनही १ लाख रुपैंयाँ दिने घोषणा गरे ।

अभिनेता अल्लूले निर्देशक सुकुमारको फिल्म ‘आर्या’ले आफ्नो करियरमा महत्वपूर्ण योगदान दिएको स्मरण गरे । अल्लूले सुकुमारको ‘आर्या’को सफलता पछि आफूले कार किनेको स्मरण गरे । उनले ‘आर्या २’मा पनि अभिनय गरेका छन् ।

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  १ : ५० बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक