‘पुष्पा’का प्राविधिकलाई जनही एक लाख दिने घोषणा « Khabarhub

‘पुष्पा’का प्राविधिकलाई जनही एक लाख दिने घोषणा


१४ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– साउथ फिल्म ‘पुष्पा’ले बक्सअफिसमा आक्रामक व्यापार गरिरहेको छ । अल्लू अर्जुन स्टारर फिल्मले हालसम्म दुई सय ७५ करोड बढी कमाई गरिसकेको छ भने यसको मात्रा पनि बढ्दै गएको छ ।

फिल्मले सफलता पाएकोमा हालै फिल्म युनिटले एक कार्यक्रम गरेको थियो । जहाँ निर्देशक सुकुमार, अल्लू अर्जुन र अभिनेत्री रस्मिका मन्दानालगायतको उपस्थिति थियो । निर्देशक सुकुुमारले भावुक हुँदै फिल्म सफलताको श्रेय श्रीमति थबिता, निर्माता चिरञ्जीबी, कलाकारहरु र फिल्मका प्राविधिक सदस्यलाई दिए । उनले कार्यक्रममा लाइटमेन, सेट ब्वाइ, कष्ट्युम र प्रोडक्सन विभागका प्राविधिकलाई जनही १ लाख रुपैंयाँ दिने घोषणा गरे ।

अभिनेता अल्लूले निर्देशक सुकुमारको फिल्म ‘आर्या’ले आफ्नो करियरमा महत्वपूर्ण योगदान दिएको स्मरण गरे । अल्लूले सुकुमारको ‘आर्या’को सफलता पछि आफूले कार किनेको स्मरण गरे । उनले ‘आर्या २’मा पनि अभिनय गरेका छन् ।

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  १ : ५० बजे

दियालो बङ्गला अवलोकनबाट २४ लाख राजश्व सङ्कलन

चितवन– गत आर्थिक वर्षमा २५ हजार ४२५ जनाले चितवनस्थित दियालो

लोमान्थाङमा यार्तुङ पर्वको रौनक

मुस्ताङ– उपल्लो मुस्ताङको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक यार्तुङ पर्व लोमान्थाङमा

यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान

बाढी र पहिरोले म्याग्दीका जलविद्युत् आयोजना प्रभावित, २० मेगावाट विद्युत् उत्पादन ठप्प

म्याग्दी — बाढी र पहिरोका कारण म्याग्दीका निर्माणाधीन जलविद्युत् आयोजनाको