अस्थिर बन्दै सेयर बजार | Khabarhub Khabarhub

अस्थिर बन्दै सेयर बजार


१४ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  बैंक तथा वित्तीय संस्थामा तरलता अभावसँगै सेयर बजारमा अस्थिर हुन थालेको छ ।

सेयर बजारमा सूचिकृत कम्पनीको वित्तीय विवरणमा कुनै परिवर्तन नभए पनि सेयर बजारमा दिनहुँ तीव्र उतारचढाव देखिन थालेको छ । लगानीकर्ताहरू सूचिकृत कम्पनीको वित्तीय विवरणभन्दा पनि बजार हल्लामा प्रभावित हुँदा बजारमा तीव्र उतारचढाव हुन थालेको विश्लेषकहरू बताउछन् ।

लामो समय घटिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) अघिल्लो साता मंगलबारदेखि उच्च अंकले बढ्न थाल्यो । नेप्से सूचक २३ सयको लाइनमा झरिसकेको अवस्थामा मंगलबार ५६, बुधबार ९२ र बिहीबार १२ अंकले बढेर गत साता नेप्से सूचक २५२० अंकमा पुगेर बन्द भएको थियो ।

यो साताको पहिलो दिन आइतबार पनि ७१ अंकले बढेको नेप्से दुई दिनमा त्यति नै अंकले घट्यो । नेप्से सोमबार ६९ र मंगरबा २ अंकले घट्यो ।

बुधबार फेरि नेप्से पाँच दशमलव ५१ अंकले वृद्धि भई २५२४ दशमलव ४० अंकमा पुगेर बजार बन्द भएको छ । यसदिन २२८ कम्पनीको ५६ लाख २८ हजार कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ६२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

बुधबार बैंकिङ, हाइड्रोपावर, होटल्स तथा टुरिजम, निर्जीबन बीमा, उत्पादन, लघुवित्तलगायतका समूहगत परिसूचक सकारात्मक देखिएका छन् ।

चालु आर्थिक वर्ष सुरु भएसँगै बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता अभाव र व्याजदर वृद्धिले सेयर बजार प्रभावित हुन थालेको छ । सँगसँगै चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले सेयर धितो कर्जामा सीमा तोकेपछि सेयर बजारमा झनै नकारात्मक प्रभाव पर्‍यो ।

पछिल्लो समय बजारमा प्रभाव पर्ने गरी कुनै नीतिगत परिवर्तन या कम्पनीको वित्तीय विवरणमा असर नपरेपनि सेयर लगानीकर्ताहरू बजार मनोविज्ञानबाट प्रभावित भइरहेको छन् । सेयर बजारसँग प्रत्यक्ष सम्बन्ध नभएका माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सेयर बजारप्रतिको टिप्पणीले समेत बजार प्रभावित हुन थालेको देखिन्छ ।

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  ३ : ३५ बजे

बहिनी यो तिहारमा म घर आउँदिन

माइतीभन्दा थोरैमात्रै टाढा रहेको आफ्नै घरमा बहिनी, दाजु कहिले घर

प्रधानमन्त्रीबाट शंखधर साख्वाको प्रतिमामा माल्यार्पण

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति

एट्लेटिको माड्रिडको पोस्टमा आर्सनलको चार गोल

काठमाडौं – आर्सनलले एट्लेटिको माड्रिडमाथि सहज जित निकालेको छ। आर्सनलले

च्याम्पियन्स लिग : एर्लिङ चम्किँदा म्यानचेस्टरको सानदार जित

काठमाडौं – एर्लिङ हालान्ड चम्किँदा गएराति म्यानचेस्टर सिटीले भिल्लारियलविरुद्ध सानदार

आजदेखि नेपाल संवत् ११४६ प्रारम्भ

काठमाडौं – नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना