नयाँ बसपार्क सामूहिक बलात्कार घटना : प्रहरीद्वारा ९ जना सार्वजनिक « Khabarhub

नयाँ बसपार्क सामूहिक बलात्कार घटना : प्रहरीद्वारा ९ जना सार्वजनिक


१४ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको नयाँ बसपार्कमा एक महिलामाथि सामूहिक बलात्कारको आरोप लागेका ९ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

पुस १२ गते सुर्खेतबाट काम खोज्न काठमाडौँ आएकी ३४ वर्षीया महिलालाई सोही दिन र भोलिपल्ट गरी विभिन्न गेस्ट हाउसमा ९ जनाले सामूहिक बलात्कार गरेको उजुरी परेको थियो । महिलाले उजुरी दिएपछि उनले बताएको स्थान र हुलियाका आधारमा प्रहरीले मंगलबार ७ र बुधबार २ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरुलाई बुधबार साँझ प्रहरीले सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नम्बर १० झाकोटका २३ वर्षीय हिक्मत नेपाली, २२ वर्षीय रतन नेपाली, १९ वर्षीय दीपक नेपाली, २३ वर्षीय शिवहरि बुढा, २४ वर्षीय युवराज बडुवाल, २५ वर्षीय हस्त नेपाली, छायानाथ रारा नगरपालिका वडा नम्बर ६ का २१ वर्षीय सुरेश सेजुवाल, छायानाथ राजा नगरपालिका ११ का २४ वर्षीय चन्द्र साउद र कपिलवस्तु बुद्धभूमिका गोपालकुमार शिरीष रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । उनका अनुसार पक्राउ परेकाहरु सवै वैदेशिक रोजगारी जाने तयारीमा थिए ।

महिलाको शारीरिक तथा मानसिक स्वास्थ्य परीक्षण गरी घटनाको अनुसन्धान थालिएको र पीडित महिलाको अवस्था अहिले सामान्य नै रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  १० : ०० बजे

गगनले त्यो दिन सम्झिँदै भने, ‘भदौ २४ गते हाम्रो परिवारलाई घरभित्रै थुनेर आगो लगाइयो’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्लो राजनीतिक संकटका क्रममा

मोरक्कोका दशौँ हजार आप्रवासी रोक्न नसकेको स्पेनले गर्‍यो इटालीका १९९ आप्रवासीको खानतलासी

काठमाडौं– अफ्रिकी मुलुक मोरक्कोबाट केही समयअघि सेउटा छिरेका दशौँ हजार

इतर पक्षलाई गगनको जवाफ,‘मलाई तर्साएर तर्सिन्न, दबाएर दबिन्न, फकाएर फकिन्न’

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगन थापाले आफूलाई दबाब,

सर्वोच्चको पुनरावलोकन आदेशबारे गगन भन्छन्, ‘शानका साथ अदालत जान्छौँ, आफ्ना कुरा राख्छौँ’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको दोस्रो विशेष महाधिवेशनसम्बन्धी

‘रोड टु एभरेस्ट’ वृत्तचित्रको फर्स्ट लुक पोस्टर र अफिसियल टिजर सार्वजनिक

काठमाडौं– विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, जिज्ञासा र जलवायु