कुमारी बैंकको सिष्टम ह्याक गर्ने धम्की, बैंकले सबै सिस्टम बन्द गर्‍यो « Khabarhub

कुमारी बैंकको सिष्टम ह्याक गर्ने धम्की, बैंकले सबै सिस्टम बन्द गर्‍यो


१५ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अपरिचित समूहले कुमारी बैंक लिमिटेडको सिष्टम ह्याक गर्ने चेतावनी दिएको छ । बैंकको सूचना प्रविधि शाखामा साउदी ग्रुप नाम गरेको इमेलबाट ह्याकरले सिष्टम ह्याक गर्ने चेतावनीसहितको इमेल आएको बैंकले जनाएको छ ।

बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले ह्याक गर्ने धम्की आएपछि बैंकको सबै सिष्टम बन्द गरिएको जानकारी दिए। उनका अनुसार ह्याकरले चेतावनी दिनासाथ सिष्टम बन्द गरिएको थियो । आवश्यक परीक्षणपछि बैंकका सबै सिष्टम खोल्ने तयारी गरिएको छ ।

धम्की कहाँबाट आयो भन्ने विषयमा थप अध्ययन गरिरहेको बैंकले जनाएको छ । बैंकले आफ्नो फेसबुक पेजमा दिउँसो एक सूचना राख्दै केही समयका लागि बैंकका सबै सिष्टम बन्द रहेको जनाएको छ । धम्कीपछि बैंकले एटिएम कार्ड, मोबाइल बैंकिङ एप, इन्टरनेट बैंकिङलगायतका सेवा बन्द गरेको छ ।

कुमारी बैंकमा आएको चेतावनीपछि सम्पूर्ण बैंकलाई सतर्कता अपनाउन आग्रह गरिएको नेपाल बैंकर्स सङ्घले जनाएको छ । सङ्घका अध्यक्ष अनिल उपाध्यायले अहिलेसम्म कुनै बैंकमा पनि समस्या नआएको जानकारी दिनुभयो । “हामीले सबैलाई सतर्कता अपनाउन आग्रह गरिसकेका छौँ, अहिले नै आत्तिहाल्नुपर्ने अवस्था छैन”, उहाँले भन्नुभयो । यसअघि गत साउनमा राष्ट्रिय वाणिज्य बैंकलगायतका बैंकलाई समेत सिष्टम ह्याक गर्ने धम्की आएको थियो । रासस

प्रकाशित मिति : १५ पुस २०७८, बिहीबार  ७ : २० बजे

बहुविवाह मुद्दा – पासाङ शेर्पाको उम्मेदवारी खारेज

काठमाडौं– बहुविवाह मुद्दामा दोषी ठहर भएका नेकपा (एमाले) का नेता

ओलीले राष्ट्रिय सभाको लोभ देखाएपछि राजेन्द्र गौतमको उम्मेदवारी फिर्ता

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनमा उपमहासचिव पदमा उम्मेदवारी

राष्ट्रिय झण्डा दिवस मनाइयो (तस्बिरहरू)

काठमाडौं– आठौँ राष्ट्रिय झण्डा दिवस आज (मंगलबार) विभिन्न कार्यक्रम गरी

किसानलाई अनुदानमा गहुँको बीउ

महोत्तरी– मटिहानी नगरपालिकाले ५० प्रतिशत अनुदान उन्नत जातको गहुँको बीउ

हर्षल पाठक नेपाली महिला क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले हर्षल पाठकलाई नेपाली महिला