बैतडी पुगेका योजना आयोग उपाध्यक्ष पौडेलसँग सडक र ग्रामीण विकासका योजना माग « Khabarhub

बैतडी पुगेका योजना आयोग उपाध्यक्ष पौडेलसँग सडक र ग्रामीण विकासका योजना माग


१५ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– सुदूरपश्चिमको बृहत्तर विकास योजनाको खाका तयार गर्ने क्रममा बिहीबार बैतडी पुगेका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेलसँग बैतडी जिल्लाका सरोकारवालाहरूले सडक निर्माण तथा सडकहरूको स्तरोन्नतिको माग राखेका छन् ।

बिहीबार जिल्लाको पाटनमा आयोजित कार्यक्रममा सहभागी बैतडीका सरोकारवालाले दशरथचन्द राजमार्गको दिगो रूपले स्तरोन्नति र ग्रामीण सडक कालोपत्रेको माग राखेकाछन् ।

कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले भने, ‘बैतडीका मुख्य सडक मध्ये दशरथचन्द राजमार्ग र महाकाली राजमार्ग कालोपत्रे भत्किएका ठाउँहरूमा टालो हाल्ने काम भइरहेको छ । तर, फेरि भत्किँदै गएको छ । त्यसैले त्यसलाई दीर्घकालीन रूपमा स्थापित गर्न मजबुत योजना बनाउन जरुरी छ । यसतर्फ म आयोगको ध्यानाकर्षण गराउँछु ।’ यसैगरी जिल्लाका सबै स्थानीय तहलाई जिल्ला सदरमुकामसँग जोड्ने सडकहरू स्तरोन्नति गर्न जरुरी रहेकाले यसतर्फ आयोगको ध्यानाकर्षण गराए ।

जिल्लाको सूर्नया गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टले हरेक स्थानीयतहमा बन्दै गरेका चक्रपथहरूका स्तरोन्नति गर्नका लागि योजना बनाउन आग्रह गरे । उनले भने, ‘ग्रामीण विकासमा सरकारको ध्यान केन्द्रित हुनु जरुरी छ । त्यसका लागि सडक पहिलो प्राथमिकता हो । प्रायः स्थानीयतहहरूले पालिकाको केन्द्रसम्म पुग्न चक्रपथ निर्माण गरिरहेकाछन् । यी सडकहरूलाई स्तरोन्नति गर्न जरुरी भएकाले दीर्घकालीन योजना बनाउन आयोगको ध्यानाकर्षण गराउँछु ।’

कार्यक्रममा जिल्लास्थित सबै स्थानीय तहका प्रमुख तथा प्रतिनिधि र सबै सरकारी तथा विकासे कार्यालयका प्रमुखको सहभागिता थियो । यातायात, बिद्युत्, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन प्रवर्धन लगायतका योजनाहरू निर्माणमा ध्यान दिन बैतडीका सरोकारवाला निकायका व्यक्तिले माग गरेका छन् ।

आयोगका उपाध्यक्ष पौडेलले जनता र सरोकारवालासँगको छलफलपछि विकासको खाका तयार गरिने भन्दै छलफलमा उठेका विषयमा ध्यान केन्द्रित भएको बताए । विकासमा जनताको प्रत्यक्ष सहभागिता हुनुपर्नेमा उनको जोड थियो । सरकारले पश्चिम सेती जलविद्युत आयोजना निर्माण गर्ने उनले बताए ।

बाढी पहिरोले सरकारी संरचना भत्काएको तथा जनताको जीवन अस्तव्यस्त पारेको भन्दै पीडितको पुनर्स्थापनाको माग राखेका सरोकारवाला निकायसँग उपाध्यक्ष पौडेलले यसका लागि योजना निर्माण हुने आश्वासन दिए ।

आयोगका उपाध्यक्ष पौडेलले कार्यालय प्रमुखहरू र नेपाली कांग्रेसका नेता तथा कार्यकर्तासँग गरी दुई ओटा छुट्टा छुट्टै कार्यक्रम गरेका थिए । न्यूजकारखाना

प्रकाशित मिति : १५ पुस २०७८, बिहीबार  ८ : ०० बजे

रातो मच्छिन्द्रनाथको रथ लगनखेल पुर्याइयो

ललितपुर – ललितपुरमा जारी रातो मच्छिन्द्रनाथ जात्राअन्तर्गत आइतबार रथ तानेर

उपत्यकाका चार स्थानमा भत्काइयो अतिक्रमित १२ सय बढी घरटहरा

काठमाडौं – काठमाडौं उपत्यकाका चार स्थानमा सरकारी तथा सार्वजनिक जग्गा

आईपीएल : रिंकू सिंहले जोगाए कोलकाताको ईज्जत, लखनउले पायो १५६ रनको लक्ष्य

कोलकाता – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत ३८औँ खेलमा

चट्याङले घर जल्यो, ६ जनाको परिवार विस्थापित

गुल्मी – गुल्मीको धुर्कोट गाउँपालिकामा आज चट्याङका कारण एक घर

बक्स अफिसमा ‘भूत बंगला’को दबदबा, ९ दिनमै कमायो १०० करोड

काठमाडौं – अभिनेता अक्षय कुमार अभिनित फिल्म ‘भूत बंगला’ले बक्स