विश्वभर एकैदिन १८ लाख बढी कोरोना संक्रमित थपिए « Khabarhub

विश्वभर एकैदिन १८ लाख बढी कोरोना संक्रमित थपिए

५ लाख कोरोनामुक्त, ६ हजारको मृत्यु


१६ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा १८ लाख २९ हजार कोरोना संक्रमित थपिएका छन्।

अमेरिकामा मात्रै ५ लाख ४५ हजार जनामा संक्रमण पुष्टि भएको छ। फ्रान्समा २ लाख ६ हजार, वेलायतमा १ लाख ८९ हजार, स्पेनमा १ लाख ६१ हजार, इटलीमा १ लाख २६ हजार संक्रमित थपिएका छन्।

त्यसैगरी अर्जेन्टिनामा ५० हजार ५००, जर्मनीमा ४१ हजार ८०० र टर्कीमा ३९ हजार ६०० जनामा संक्रमण पुष्टि भएको हो।

ओर्ल्डोमिटरकाअनुसार यही अवधिमा ५ लाख २० हजार जना संक्रमणमुक्त भएका छन् भने ६ हजार ३९६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

जसमध्ये अमेरिकामा १२ सय ९०, रसियामा ९२६, पोल्याण्डमा ७०९, जर्मनीमा ३७९, वेलायतमा ३३२, फ्रान्समा १८०, इटालीमा १५६ र ब्राजिलमा १५४ जनाको मृत्यु भएको हो।

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  ७ : १५ बजे

ईश्वरी भुजेल हत्या प्रकरण : ‘नेपाली ब्रो’लाई थप ५ दिन हिरासत अनुमति

काठमाडौं – ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापालाई पत्नी हत्या

गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको दर्शन (तस्बिरहरू)

काठमाडौं – दोश्रो पटक गृहमन्त्रीमा नियुक्त भएका मन्त्री सुधन गुरुङले

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित