घर फर्कने तयारीमा रहेका सन्तोषको साउदीमा मृत्यु « Khabarhub

घर फर्कने तयारीमा रहेका सन्तोषको साउदीमा मृत्यु


१६ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका एक नेपालीको मृत्यु भएको छ । भानु नगरपालिका तनहुँका ३३ बर्षीय सन्तोष अधिकारीको राति सुतेको अवस्थामा मृत्यु भएको हो ।

रातिको ड्युटीलाई सकेर खाना खाइसकेपछि कोठामा सुतेका अधिकारी राति खोकेको सुनेपछि साथीहरूले उपचारका लागि अस्पताल पुर्‍याएका थिए ।

स्थानीय प्रहरीको सहयोगमा साथीहरूले उनलाई अस्पताल पुर्‍याएका थिए । अस्पतालले उनलाई तत्कालै मृत्यु भएको जनाएको छ ।

उनी साउदी अरबमा रहेको प्रतिष्ठित कम्पनी अल्मराईको दम्माम शाखामा वायर हाउसमा कार्यरत थिए ।

उनी आउँदो फेब्रुअरीमा नेपाल फर्किने तयारीमा थिए । नेपाली दूतावास स्रोतका अनुसार मृतकको शवलाई कम्पनी र परिवारसँग समन्वय गरेर जतिसक्दो चाँडो नेपाल पठाइने तयारी थालिएको छ ।

उनको परिवारमा आमा, पत्नी, एक छोरा र एक छोरी रहेको नजिकका साथीभाइहरूले बताएका छन् ।

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  ३ : ०० बजे

अर्चनाको गुनासो : कपिलको शोले अभिनय करिअर रोक्यो

काठमाडौं – बलिउड नायिकाको सफल करिअरपछि कमेडी शो ‘द कपिल

शान्तिश्री र मोतिराजको स्वरमा ‘बिर्सु कसरी’

काठमाडौं – गायिका शान्तिश्री परियार र गायक मोतिराज खनालको स्वरमा

युद्धविराममाथि संकट, अमेरिका–इरान तनाव चुलिँदै

एजेन्सी– मेरिका र इरानबीच जारी युद्धविराम अन्त्यतिर पुग्दै गर्दा दुवै

तीन दिनभित्र बसपार्कभित्र सेवा प्रवेश नगराए कानुन बमोजिम कारबाही गरिने 

काठमाडौं– नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारी साधन सञ्चालन सेवा प्रदान

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौं– ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडौं उपत्यकामा तीन हजार