महागठ सुकेश भन्छन्– ज्याकलिनको प्रेममा थिएँ | Khabarhub Khabarhub

महागठ सुकेश भन्छन्– ज्याकलिनको प्रेममा थिएँ


१७ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– दुई सय करोडको ठगीको आरोपमा तिहाड जेलमा रहेका महाठग सुकेश चन्द्रशेखरको बारेमा नयाँ नयाँ कुराको खुलासा भइरहेका छन् । यो मामलामा हालसम्म नोरा फतेही, ज्याकलिन फर्नान्डिज जस्ता स्टार मुछिएका छन् । यो मुद्धाको अनुसन्धानताका सुकेशले ज्याकलिनलाई कैयौं महंगो उपहार दिएको खुल्नमा आएको छ ।

सुकेशको दाबी अनुसार ज्याकलिनसँग उनको प्रेम सम्बन्ध थियो, त्यहीकारण उनले करोडौं मूल्यको उपहार दिएका थिए ।

सुकेशका वकिल अनन्त मलिकले एक विज्ञप्ती गरेका छन्, जुन विज्ञप्ती सुकेशले लेखेका हुन् । विज्ञप्तीमा सुकेशले आफूलाई महाठग भनिएको आपत्ति जनाएका छन् । उनले आफूसँग पैसा लिएका जेलका अधिकारीसँग अनुसन्धान किन नगरिएको भन्दै प्रश्न पनि गरेका छन् । उनले आफूलाई हालसम्म दोषी नठहराइएकोले अहिले नै ‘ठग’ भनिनु गलत भएको उल्लेख गरेका छन् ।

‘म ज्याकलिनसँग प्रेम सम्बन्धमा थिएँ र यहीकारण नै मैले अभिनेत्रीलाई उपहार दिएको हुँ । यो मामलामा कुनै पनि लेनदेनको विषय मेरो जीवनसँग जोडिएका कुरा हुन् । यो मामलामा ज्याकलिन निर्दोष छिन्’, उनले भनेका छन् ।

दुई सय करोड ठगीको विषय सार्वजनिक हुनासाथ प्रवर्तन निर्देशनालयले कैयौं पटक ज्याकलिनसँग सोधपुछ गरिसकेको छ । उनीहरुले सुकेशले ज्याकलिनलाई दिएको सम्पूर्ण उपहार जफत गर्ने तयारी पनि गरिरहेको छ । निर्देशनालयले ज्याकलिनलाई भारतबाहिर जान पनि रोक लगाएको छ ।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  १२ : १९ बजे

दूधकोशीको वित्तीय व्यवस्थापन तत्काल टुङ्ग्याउन मन्त्री घिसिङको आग्रह

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले ६७० मेगावाट क्षमताको

अब निगमको जहाज डाइभर्ट हुँदा भारत नलाने, भैरहवामा अवतरण गर्ने

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अबदेखि आफ्ना जहाज त्रिभुवन

प्रधानाध्यापक र अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित श्री विश्वमैत्री आधारभूत विद्यालयका

सुरक्षित व्यावसायिक वातावरण सुनिश्चित गर्न माग

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घले विधिको शासनको पूर्ण पालना र