अस्ताइन् ‘हलिउडकी गोल्डन गर्ल’ बेट्टी « Khabarhub

अस्ताइन् ‘हलिउडकी गोल्डन गर्ल’ बेट्टी


१७ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(आजतक)–हलिउडकी लोकप्रिय अभिनेत्री बेट्टी ह्वाइटको ९९ वर्षको उमेरमा निधन भएको छ । उनले शुक्रबार अन्तिम श्वास फेरेकी हुन् । ‘द गोल्डेन गल्र्स’ र ‘द मेरी टेलर मोर शो’ जस्ता शोमा काम गरेकी उनले अमेरिकी जनतालाई सात दशकसम्म हसाएकी थिइन् । उनको घरमा नै सुतिरहेको अवस्थामा निधन भएको हो । उनी सयौं जन्मदिन मनाउने तयारीमा थिइन् ।

बेट्टीले हलिउडमा लामो करियरको स्वाद लिइन् । उनको नाम ‘शोबिजको इतिहास’मा पनि दर्ता भयो । उनले सन् १९४९ देखि आफ्नो टेलिभिजन करियर सुरु गरेकी थिइन् । उनले काम गरेको अन्तिम फिल्म ‘टोय स्टोरी ४’ थियो । सन् २०१९ मा रिलिज यो एनिमेटेड फिल्ममा उनले एक पात्रलाई आफ्नो स्वर दिएकी थिइन् । उनलाई ‘हलिउडकी गोल्डन गर्ल’का रुपमा चिनिन्थ्यो ।

अमेरिकी राष्ट्रपति जो बाइडनसहित हलिउडका सेलिब्रेटीले उनको निधनमा श्रद्धाञ्जली दिएका छन् । उनको जन्म सन् १९२२ जनवरी १७ मा भएको थियो । उनी परिवारका साथ क्यालिफोर्नियामा आएकी थिइन् । जीवनमा तीन पटक विवाह गरेकी उनले कैयौं एमी अवार्ड पनि जितेकी थिइन् । अभिनेता एलन लुडेन उनका अन्तिम पति थिए ।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  २ : ०९ बजे

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर

विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन

गण्डकी – नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजनाअन्तर्गत कास्कीको पोखरा

सुदूरपश्चिममा वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम – सुदूरपश्चिमका आज राति साधारणतया मौसम बदली रही धेरैजसो

कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपद्मा परेकाको उद्धारमा जुटन निर्देशन

काठमाडौं – नेपाली कांग्रेसले अहिलेको विपद्को अवस्थामा पार्टीका सम्पूर्ण सदस्यहरुलाई

जनमत टाढिनुका कारणबारे गम्भीर समीक्षा गर्नुपर्छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले जनमत