अस्ताइन् ‘हलिउडकी गोल्डन गर्ल’ बेट्टी | Khabarhub Khabarhub

अस्ताइन् ‘हलिउडकी गोल्डन गर्ल’ बेट्टी


१७ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(आजतक)–हलिउडकी लोकप्रिय अभिनेत्री बेट्टी ह्वाइटको ९९ वर्षको उमेरमा निधन भएको छ । उनले शुक्रबार अन्तिम श्वास फेरेकी हुन् । ‘द गोल्डेन गल्र्स’ र ‘द मेरी टेलर मोर शो’ जस्ता शोमा काम गरेकी उनले अमेरिकी जनतालाई सात दशकसम्म हसाएकी थिइन् । उनको घरमा नै सुतिरहेको अवस्थामा निधन भएको हो । उनी सयौं जन्मदिन मनाउने तयारीमा थिइन् ।

बेट्टीले हलिउडमा लामो करियरको स्वाद लिइन् । उनको नाम ‘शोबिजको इतिहास’मा पनि दर्ता भयो । उनले सन् १९४९ देखि आफ्नो टेलिभिजन करियर सुरु गरेकी थिइन् । उनले काम गरेको अन्तिम फिल्म ‘टोय स्टोरी ४’ थियो । सन् २०१९ मा रिलिज यो एनिमेटेड फिल्ममा उनले एक पात्रलाई आफ्नो स्वर दिएकी थिइन् । उनलाई ‘हलिउडकी गोल्डन गर्ल’का रुपमा चिनिन्थ्यो ।

अमेरिकी राष्ट्रपति जो बाइडनसहित हलिउडका सेलिब्रेटीले उनको निधनमा श्रद्धाञ्जली दिएका छन् । उनको जन्म सन् १९२२ जनवरी १७ मा भएको थियो । उनी परिवारका साथ क्यालिफोर्नियामा आएकी थिइन् । जीवनमा तीन पटक विवाह गरेकी उनले कैयौं एमी अवार्ड पनि जितेकी थिइन् । अभिनेता एलन लुडेन उनका अन्तिम पति थिए ।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  २ : ०९ बजे

दूधकोशीको वित्तीय व्यवस्थापन तत्काल टुङ्ग्याउन मन्त्री घिसिङको आग्रह

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले ६७० मेगावाट क्षमताको

अब निगमको जहाज डाइभर्ट हुँदा भारत नलाने, भैरहवामा अवतरण गर्ने

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अबदेखि आफ्ना जहाज त्रिभुवन

प्रधानाध्यापक र अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित श्री विश्वमैत्री आधारभूत विद्यालयका

सुरक्षित व्यावसायिक वातावरण सुनिश्चित गर्न माग

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घले विधिको शासनको पूर्ण पालना र