महिलालाई आरक्षण अधिकार दिनेमा नेपाल अगाडि : प्रधानमन्त्री (भिडियोसहित) | Khabarhub Khabarhub

महिलालाई आरक्षण अधिकार दिनेमा नेपाल अगाडि : प्रधानमन्त्री (भिडियोसहित)


१७ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यका रहेक निकाय, तह, तप्का र संरचनामा महिला अधिकारको सुनिश्चितता भएको बताएका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाद्वारा लिखित ‘नेपालीका सपना अधुरै’ नामक पुस्तकको आज विमोचन गर्दै उनले महिलालाई आरक्षण अधिकार दिनेमा नेपाल अगाडि रहेको बताए ।

उनले राष्ट्राध्यक्षका रुपमा राष्ट्रपति, सभामुख, उपसभामुख तथा गाउँपालिकादेखि नगरपालिकासम्म प्रमुख र उपप्रमुख पदमा महिलाले नेतृत्व गरिरहेको उल्लेख गरे ।

‘नेपाल मात्रै यस्तो देश हो, जुन देशमा महिलालाई हरेक क्षेत्रमा ३३ प्रतिशत अधिकार दिइएको छ, राज्यका हरेक निकायमा महिलालाई आरक्षणको व्यवस्था छ, आफ्नो पार्टी (नेपाली कांग्रेस) ले पनि ३३ प्रतिशत महिलाहरुलाई आरक्षण दिएको छ, त्यतिमात्रै होइन स्थानीय तहहरुमा पनि महिला सहभागिता सुनिश्चित गरिएको छ, राष्ट्रपति, सभामुख, उपसभामुख पदमा पनि महिलाले नेतृत्व गरिसक्नुभएको छ, त्यसैले धेरै ठाउँमा हामीले महिलालाई आरक्षण दिएका छौँ’, प्रधानमन्त्री देउवाले भने ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले महिला अधिकार र सहभागिताका सवालमा सरकार तथा राजनीतिक दलहरु पनि गम्भीर रहेको बताए ।

नेपाल समानुपातिक प्रतिनिधित्व गर्ने मुलुक रहेको उदाहरण दिदैँ उनले दलित, आदिवासी, जनजाती पिछडिएका क्षेत्रलाई आरक्षण दिएर समावेशी समानुपातिक प्रतिनिधित्व गराएको भन्दै भोलिका दिनमा पनि पार्टी संरचनादेखि राज्यका हरेक निकायमा महिला सहभागिता बढाउने गरेर काम गर्ने बचन दिए ।

प्रधानमन्त्री देउवाले नेतृ सङ्ग्रौला अत्यन्त मेहेनती र महिलाको हक अधिकारका लागि लडिरहेको व्यक्तित्व भएको उल्लेख गर्दै मुलुकको समसामयिक परिवेष्टलाई समेटेर पुस्तक प्रकाशन गरेकामा लेखिका संग्रौलालाई बधाई दिए ।

कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. अमरराज जोशीले नेपालीका सपना अधुरै नामक पुस्तकले परिवर्तित र चेतनशील समाजको परिवेष्टलाई यथार्थ रुपमा चित्रण गरेको बताए ।

हिजोको राजनीतिक घटनाक्रम र बेथितिको दस्तावेजीकरण रहेको पुस्तकले सामाजिक सुरक्षा, विकास, सुशासन र प्रजातान्त्रिक अभ्यासलाई कसरी सबलीकरण गर्नेजस्ता विषयलाई मिहीन ढङ्गले प्रस्तुत गरेको उनले बताए ।

पुस्तकको समीक्षा गर्दै त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा.लोकनाथ दुलालले पुस्तकले तत्कालीन राजनीतिक सङ्क्रमणको घटनाक्रम र गलत क्रियाकलापलाई दस्तावेजीकरण गरेको बताए ।

पुस्तकका लेखिका नेतृ सङ्ग्रौलाले हिजोको विभिन्न परिवेष्टलाई चित्रण गरी विभिन्न समयका पत्रपत्रिका एवम् अनलाइनमा प्रकाशित लेख रचनालाई सङ्कलन गरी पुस्तक प्रकाशन गरिएको जानकारी दिइन् ।

पुस्तकमा विभिन्न समयमा पत्रपत्रिकामा लेखिएका १४८ लेख समावेश गरिएका छन् । विभिन्न ६ खण्डमा विभाजित ५१५ पृष्ठको पुस्तकको मूल्य रु २५० रहेको छ ।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  २ : १७ बजे

मेलम्ची खानेपानीको पाइप फुटेपछि क्षतिग्रस्त थापाथली सडक (तस्बिरहरू)

काठमाडौं- काठमाडौंको थापाथली चोकबाट नर्भिक अस्पतालतर्फ जाने सडकमा मेलम्ची खानेपानीको

धरानेको पीडा : सर्दु जलाधारका नाममा कहिलेसम्म सास्ती खेप्ने ?

सुनसरी- राज्य र कर्मचारी तन्त्र अस्पष्ट भएमा सर्वसाधारणले अनावश्यक रुपमा

कारागारका कैदीबन्दी आयआर्जनमा

चितवन– जिल्ला कारागार कार्यालय चितवनका कैदीबन्दीमध्ये २३२ कैदीबन्दी घरेलु इलममा

मेलम्चीको पाइप फुट्दा थापाथलीको सडकमा खाल्डो : पानी बन्द भएपछि मर्मत सुरु

काठमाडौं – बबरमहलमा जस्तै थापाथलीमा मेलम्चीको खानेपानीको पाइप फुट्दा सडकमा

अल्लोको कपडा बुनेर स्वरोजगार बन्दै महिला

मकवानपुर– मकवानपुरको थाहा नगरपालिका दामनका महिलाले स्वरोजगार बन्ने उद्देश्यले अल्लोको