राष्ट्रियसभाको १९ सिटमा गठबन्धनमा सहमति, कसलाई कति ? (भिडियोसहित) « Khabarhub

राष्ट्रियसभाको १९ सिटमा गठबन्धनमा सहमति, कसलाई कति ? (भिडियोसहित)


१९ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्तारूढ गठबन्धनको बैठकले राष्ट्रियसभा निर्वाचनको १९ सिटमा भागबण्डा मिलाएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको बैठकले १९ सिटमा भागबण्डा मिलाएको हो ।

बैठकमा काँग्रेसलाई ६, माओवादीलाई पाँच, एकीकृत समाजवादीलाई ५, जसपालाई २ र जनमोर्चालाई एक सिट दिने सहमति भएको नेकपा एकीकृत समाजवादीका महासचिव डा.वेदुराम भुसालले जानकारी दिए ।

एमालेबाट खाली हुने सिटमध्ये तीनवटा नेपाली कांग्रेस, दुईवटा जसपा, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले एक–एक सिट लिने गरी सहमति जुटेको उनले जानकारी दिए ।

एमालेबाट आठ जना, माओवादी केन्द्रबाट चार, एकीकृत समाजवादीबाट चार र कांग्रेसबाट तीन जना सांसद बिदा हुने क्रममा छन् ।  सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाका रिक्त १९ सदस्यका लागि आगामी माघ १२ गते निर्वाचन हुँदैछ ।

उक्त निर्वाचनका लागि उम्मेदवारको मनोनयन पत्र दर्ता गर्न निर्वाचन आयोगले यही पुस २० गतेको समय निर्धारण गरेको छ ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  १ : ०७ बजे

जाडोयाममा स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयको अपिल

काठमाडौं – जाडोयाम सुरु भएसँगै चिसो, कुहिरो, हिमपात लगायतका कारण

बन्दीपुर भ्रमण वर्षमा साढे छ लाख पर्यटक भित्रिए

तनहुँ – बन्दीपुर भ्रमण वर्ष २०२५ को अवसरमा बन्दीपुरमा छ

बुद्ध एयरका यात्रु अर्जुनधाराका मेयर भन्छन् : दुई जना भाइहरूले ढोका फुटाए, हाम्फालेर बाँच्यौँ

काठमाडौँ । शुक्रबार साँझ काठमाडौँबाट भद्रपुर झापा उडान भरेको बुद्ध

नगेन्द्र न्यौपानेको ‘दरबारको कानुन’ उपन्यास लोकार्पण

काठमाडौं । उपन्यासकार नगेन्द्र न्यौपानेको उपन्यास ‘दरबारको कानुन’ लोकार्पण गरिएको