राष्ट्रियसभाको १९ सिटमा गठबन्धनमा सहमति, कसलाई कति ? (भिडियोसहित) « Khabarhub

राष्ट्रियसभाको १९ सिटमा गठबन्धनमा सहमति, कसलाई कति ? (भिडियोसहित)


१९ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्तारूढ गठबन्धनको बैठकले राष्ट्रियसभा निर्वाचनको १९ सिटमा भागबण्डा मिलाएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको बैठकले १९ सिटमा भागबण्डा मिलाएको हो ।

बैठकमा काँग्रेसलाई ६, माओवादीलाई पाँच, एकीकृत समाजवादीलाई ५, जसपालाई २ र जनमोर्चालाई एक सिट दिने सहमति भएको नेकपा एकीकृत समाजवादीका महासचिव डा.वेदुराम भुसालले जानकारी दिए ।

एमालेबाट खाली हुने सिटमध्ये तीनवटा नेपाली कांग्रेस, दुईवटा जसपा, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले एक–एक सिट लिने गरी सहमति जुटेको उनले जानकारी दिए ।

एमालेबाट आठ जना, माओवादी केन्द्रबाट चार, एकीकृत समाजवादीबाट चार र कांग्रेसबाट तीन जना सांसद बिदा हुने क्रममा छन् ।  सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाका रिक्त १९ सदस्यका लागि आगामी माघ १२ गते निर्वाचन हुँदैछ ।

उक्त निर्वाचनका लागि उम्मेदवारको मनोनयन पत्र दर्ता गर्न निर्वाचन आयोगले यही पुस २० गतेको समय निर्धारण गरेको छ ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  १ : ०७ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको