फुटसल क्याम्पको लागि ३२ खेलाडी छनोट « Khabarhub

फुटसल क्याम्पको लागि ३२ खेलाडी छनोट


१९ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय फुटसल टिमका लागि ३२ खेलाडी प्रारम्भिक छनोटमा बोलाएको छ ।

सोमबार एन्फाले प्रशिक्षक गौरव बस्नेतमार्फत पोखरामा भएको राष्ट्रिय फुटसलबाट ३२ खेलाडीलाई सुरुवाती छनोटमा आमन्त्रण गरेको हो ।

एन्फाले पहिलो पटक गौरवलाई फुटसल टोलीको जिम्मेवारी दिएको हो । यसअघि उनले विष्णु गुरुङको एसिस्टेनको रुपमा काम गरेका थिए ।

नेपालले १-१५ अप्रिलसम्म कीर्गिस्तानमा हुने  एएफसी फुटसल एसियन कप छनोटमा प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको तालिका र खेल्ने टोली भने तय भएको छैन । नेपाली टोलीको क्याम्प शुक्रबारबाट हुनेछ ।

३२ खेलाडी

गोलरक्षकः अनिश श्रेष्ठ, विश्वास पौडेल, लक्ष्मण थापा, सचिन श्रेष्ठ, सञ्जिव तामाङ, सुमितकुमार आले

फिक्सोः अरुज सिंह, विजय श्रेष्ठ, विकु तामाङ, सरोज तामाङ

पिभोटः अविनाश तामाङ, विक्रान्त नरसिंह राना, धिरज जोशी, हेमन्त गुरुङ, खिमराज गुरुङ, किशोर गुरुङ, मिलन राई, प्रवेश जोशी, रिवोस मास्के, सुसन श्रेष्ठ,

आलाः आदिल हमिद, अमित लामा, जेनिश प्रजापति, किरन चौधरी, कृजल खड्का, मनीकुमार लामा, मनोज गुरुङ, रञ्जित गुरुङ, रोशन छन्त्याल, सुमित श्रेष्ठ, सुरज गुरुङ, उर्कन शेर्पा ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  ३ : ११ बजे

थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

थाइल्यान्ड – थाइल्यान्डमा चीन समर्थित उच्च गतिको रेल परियोजनामा बुधबार

माघे सङ्क्रान्ति नेपाली समाजमा किन प्रचलित छ ?

काठमाडौं– माघे सङ्क्रान्ति नेपाली समाजमा गहिरो सांस्कृतिक, धार्मिक र सामाजिक

माघेसङ्क्रान्ति मेला भर्न देवघाटमा भक्तजनको भीड

तनहुँ– तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाटधाममा माघेसङ्क्रान्ति मेला भर्न

मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिन्छ : राष्ट्रियसभा उपाध्यक्ष घिमिरे

काठमाडौं– राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले मौलिकता जोगाउन सके मात्रै नेपालीपनको

बालेनको माघी शुभकामना- सय थरि बाजा एउटै ताल…

काठमाडौं – काठमाडौं महानगरपालिका प्रमुख एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ