भिडियो र वेब सिरिजमा पुष्करको ‘जिल्ला मुरादाबाद’ « Khabarhub

भिडियो र वेब सिरिजमा पुष्करको ‘जिल्ला मुरादाबाद’


१९ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक समय नेपाली फिल्ममा खलपात्रको भूमिकामा अभिनय गरेका अभिनेता पुष्कर भट्टले ‘जिल्ला मुरादाबाद’ नामक हिन्दी गीत र वेब सिरिजको निर्माण गरेका छन् ।

केही वर्षयता क्यानडालाई कर्मथलो बनाउँदै आएका पुष्करले गायक प्रिन्स आनन्दको स्वर र शब्द तथा द किंगले संगीत भरेको यो गीतको भिडियो निर्देशन गरेका हुन् । राजनीतिक दाउपेचको कथा उठाइएको भिडियोमा पुष्कर भिलेन भूमिकामा छन् । भिडियोमा सुखविंदर सिंह जसल, जगदीप बावा, परम हंस, गुलकरण सिंह र सलमान काजमीको पनि अभिनय छ ।

ओटीटी प्लेटफर्म अमेजन प्राइममा रिलिज हुने वेब सिरिजमा पुष्करकै निर्देशन छ भने प्रमुख भिलेनमा पनि उनी आफैं छन् । वेब सिरिज पाँच भागको छ । पुष्करका अनुसार क्यानडामै छायांकन गरिएको वेब सिरिजको सम्पादन काम गरेर अमेजनलाई पठाउने तयारी भइरहेको छ ।

वेब सिरिजमा ‘जिल्ला मुरादाबाद’ गीतका गायक प्रिन्स आनन्दले प्रमुख नायकको भूमिका निर्वाह गरेका छन् । सिरिजका निर्माता पनि उनै हुन् । पुष्करले ‘भागी भागी नजाउ’, ‘अग्नी ज्वाला’, ‘गंगाजल’, ‘बाटुली’, ‘दोस्ती’, ‘फैसला’, ‘हिम्मतवाली’लगायत सय बढी नेपाली फिल्ममा र दुई दर्जन भोजपुरी फिल्ममा अभिनय गरेका छन् ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  १० : ०८ बजे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल साउन ५ गते मंगलबार सन् २०२६

आज २०८३ साल साउन ५ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ५ गते मंगलबार सन् २०२६

पूँजीगत खर्च प्राप्तिको योजनासहित बजेट कार्यान्वयन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शतप्रतिशत पूँजीगत खर्च र

बाजुरा जिप दुर्घटना : दुई जनाको उपचारकै क्रममा मृत्यु, सात घाइते अस्पतालमा

कैलाली – बाजुराको हिमाली गाउँपालिकामा सोमबार भएको जिप दुर्घटनाले थप

गण्डकीमा ७८ प्रतिशत रोपाइँ

गण्डकी – गण्डकी प्रदेशमा हालसम्म ७८ दसमलव ३६ प्रतिशत रोपाइँ