उत्तर कोरियाद्वारा व्यालिस्टिक मिसाइल प्रहार « Khabarhub

उत्तर कोरियाद्वारा व्यालिस्टिक मिसाइल प्रहार


२१ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्योङयाङ – उत्तर कोरियाले एउटा अज्ञात क्षेप्यास्त्र समुद्रामा प्रहार गरेको छ ।

उत्तरले प्रहार गरेको क्षेप्यास्त्र जापानको समुद्रनजिक पुगेको दक्षिण कोरियाले जनाएको छ । उत्तरले व्यालेस्टिक मिसाइल प्रहार गरेको हुन सक्ने जापानले जनाएको छ । तर, यसको पुष्टि भने हुन सकेको छैन् ।

स‌ंयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई व्यालेस्टिक र आणविक हतियार परीक्षण गर्न रोक लगाएको छ । यो उत्तरको यस वर्षको पहिलो आणविक परीक्षण भएको जापानको भनाई छ । उत्तर कोरियाको पछिल्लो परीक्षणबारे दक्षिण कोरिया र अमेरिकाको गुप्तचर निकायका अधिकारीहरुले सुक्ष्म विश्लेषण गरेका छन् ।

उत्तर कोरियाली नेता किम जोङ उनले कोरियाली प्रायद्धीपमा अस्थिरता बढेकोले प्योङयाङले आफ्नो रक्षा क्षमता वृद्धि गर्नुपर्ने आवश्यकता औंल्याइरहेका बेला पछिल्लो परीक्षण सार्वजनिक भएको हो । नयाँ वर्षको पूर्वसन्ध्यामा वर्कस पार्टीको वैठकमा उनले सो आवश्यकता औंल्याएका थिए।

उत्तरको पछिल्लो परीक्षणप्रति जापानले खेद व्यक्त गरेको छ । उत्तरले सन् २०२१ को सुरुदेखि आणविक परीक्षण गरेको भन्दै यस्ता परीक्षण रोक्न माग गरेका छन् ।

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  ९ : १९ बजे

राप्रपा र नेकपा भित्रको विवादले बागमती प्रदेशसभा बैठक प्रभावित, मुख्यमन्त्रीले विश्वासको मत भोलि लिने

हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत

युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै

काठमाडौं – सन् २०२६ को गर्मीयाम युरोपमा असामान्य तापक्रम र

स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

स्याङ्जा – गल्याङ नगरपालिका–३ गल्याङ बजारबाट साङलियातर्फ गइरहेको जिप आज

जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल

काठमाडौं – जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेका माग सम्बोधन

तीन प्रदेश सभा सदस्य हटाउन राप्रपाले पठाएको पत्र दर्ता, उपसभामुखको निर्देशन : संविधान र कानुनअनुसार पेश गर्नू

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभाका आफ्ना तीन