डिजिटल नेपालको अभियानमा जोडियो माइपे « Khabarhub

डिजिटल नेपालको अभियानमा जोडियो माइपे


२१ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–डिजिटल नेपाल बनाउने अभियानमा विद्युतीय भुक्तानी सेवा प्रदायक वालेट माइपे पनि जोडिएको छ । पछिल्ला दिनहरुमा नेपालीहरु डिजिटल प्रविधि प्रति आकर्षित भइरहेको बेलामा स्मार्ट कार्ड नेपालले नयाँ वालेट सञ्चालनमा ल्याएको हो । वालेटका अनुसार हाल बजारमा रहेको भुक्तानी सेवा प्रदायकहरुले भन्दा नवीन र उत्कृष्ट सुविधाहरु यस वालेटबाट प्राप्त गर्न सकिनेछ ।

नेपालमा कोरोना संक्रमण बढेपछि यहाँ डिजिटल कारोबारको संख्या ह्वात्तै बढेको थियो । हाल माइपे सामान्य सेवाहरुसहित आफ्नो प्रणालीको स्थायित्व परीक्षण गरिरहेको छ । हाल यस वालेटबाट मोबाइल टपअप बिजुलीको बिल भुक्तानी, इन्टरनेटको बिल भुक्तानी, टिभीको बिल भुक्तानी लगायतका सेवाहरु प्राप्त गर्न सकिन्छ । माइपे वालेटमा सजिलै कुनै पनि बैंकबाट फन्ड लोड गरी कारोबार गर्न सकिन्छ ।

हाल सञ्चालनमा रहेको बिद्युतिय भुक्तानी सेवा प्रदायकहरुको सेवामा रहेका बिजुली, इन्टरनेट वा अन्य बिल भुक्तानी गर्ने परम्परागत शैलीलाई चिर्दै माइपेले ग्राहकहरुमाझ उहाँहरुको आवश्यकता र दुःख बुझेर नवीनतम सेवा तथा सुविधाहरुको स्वाद दिने माइपेका सिइओ मनोज कुमार मेहताले बताए । उनले अहिले परीक्षणका रुपमा केही विशेषताहरु मात्रै राखेर माइपे वालेट सार्वजनिक गरेको जनाउदै वालेटको परफमेन्स र सर्वसाधारणको प्रतिक्रिया हेरेर छिट्टै नै अति आवश्यक, सहज र नवीन सुविधाहरुसहितको पूर्ण रुपको वालेट सार्वजनिक गर्ने खुलाए । उनका अनुसार माइपेमा भविष्यमा वालेटको परिभाषा नै बदल्ने गरी भुक्तानी सेवा मात्रै नभई अन्य अत्यावश्यक सेवाहरु थपिनेछन् ।

हाल वालेटमा उपलब्ध सेवाहरु पहिलो पटक प्रयोग गर्दा २५ प्रतिशत वा अधिकतम रु १०० रुपैयाँसम्म क्यासब्याक अफर ल्याएको छ । आगामी दिनमा समेत विभिन्न उत्साहजनक अफरहरु ल्याउने माइपेको भनाइ छ ।

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  १ : ३० बजे

पोखरा ल्याइएका १९ शव सनाखतपछि आफन्तलाई बुझाइयो

कास्की– रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न स्थानमा फेला

रसुवागढी हाइड्रोको पावरहाउसमा अझै कर्मचारी फसेको परिवारको दाबी, सेनाको खोजीमाथि उठ्यो प्रश्न

काठमाडौं- रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका रसुवागढी

न्युयोर्कमा छुरा प्रहारबाट एक जनाको मृत्यु, एक घाइते

एजेन्सी– न्युयोर्क सहरको व्यस्त स्थान टाइम्स स्क्वायर क्षेत्रमा भएको आक्रमणमा

गहुँको समर्थन मूल्य तोक्न स्थलगत अध्ययन सुरु

काठमाडौं– कृषि विभागले गहुँको समर्थन मूल्य तोक्न स्थलगत अध्ययन सुरु

पोखरामा ७६ वटा शव जमिनमुनि व्यवस्थापन (तस्बिरहरू)

पोखरा– बाढी प्रभावितसहित विभिन्न जिल्लाबाट पोखरा ल्याइएका ७६ वटा शव जमिनमुनि