काराबाओ कप स्थगित गर्न लिभरपुलको आग्रह « Khabarhub

काराबाओ कप स्थगित गर्न लिभरपुलको आग्रह


२१ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लिभरपुल– इंग्लिस क्लब लिभरपुलले काराबाओ कपअन्तर्गत आर्सनलविरुद्धको पहिलो लेगको सेमिफाइनल तत्कालका लागि स्थगित गर्न आग्रह गरेको छ ।

आफ्ना धेरै खेलाडी, अफिसियल तथा कर्मचारीमा कोभिड–१९ संक्रमण भएपछि लिभरपुलले इंग्लिस फुटबल लिग (इएफएल) लाई आग्रह गरेको हो । आर्सनल र लिभरपुलको खेल बिहीबार राति आर्सनल होम मैदान इमिरेट्स स्टेडियममा हुँदैछ ।

लिभरपुलले मंगलबारबाटै पहिलो टोलीको प्रशिक्षण रोकिसकेको छ । गत साता चेल्सीविरुद्ध भएको खेलमा लिभरपुलका प्रशिक्षक योगर्न क्लोपलाई दोस्रोपटक कोरोना पजिटिभ देखिएपछि उनी बाहिर रहे । सो खेलमा २–० को अग्रता बनाएको लिभरपुल २–२ अन्तरको बराबरीमा रोकिएको थियो ।

यसअघि गोलरक्षक एलिसन, जोइल माटिप र रोबोर्टाे फर्मिनोलाई समेत कोरोना पजिटिभ देखिएको थियो ।

यस्तै, रेडको स्क्वाटबाट मोहम्मद सलाह, साडियो माने र नाडी केईटा अफ्रिका खेल्न टिमबाट बाहिरिसकेका छन् । ‘हाम्रा खेलाडी र कर्मचारीमा कोभिड–१९ संक्रमणको आशंका भएकाले पिसीआर परीक्षण गरिएको छ । त्यसको नतिजा आइसकेको छैन । हामी यो खेलको मिति परिवर्तन गरियोस् भन्ने चाहन्छौ,’ लिभरपुलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  १ : ४५ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल