अल्लूको तारिफ गर्दा रिसाए महेश बाबुका फ्यान | Khabarhub Khabarhub

अल्लूको तारिफ गर्दा रिसाए महेश बाबुका फ्यान


२१ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– अभिनेता महेश बाबु टलिउड फिल्म उद्योगको ठूला स्टार हुन् । उनकै आँखा अगाडि अब अभिनेता अल्लू अर्जुनको कद तेलुगु फिल्म उद्योगमा बढिरहेको छ । जसकारण यी दुई स्टारका फ्यानबीच सामाजिक सञ्जालमा वाकयुद्ध सुरु भएको छ ।

अल्लूको फिल्म ‘पुष्पा’ले भारतमा राम्रो व्यापार गरिरहँदा महेश बाबु आफ्नो फिल्म ‘सरकारु वारी पाटा’को सुटिङमा व्यस्त थिए । हालैमात्र उनी फिल्मको सुटिङ पुरा गरेर दुबईबाट भारत फर्किइसकेका छन् ।

भारत आएपछि उनले अल्लूको फिल्मको खुलेर प्रशंसा गरेका छन् । ‘पुष्पामा अल्लू अर्जुन स्टनिङ, सेन्सेशनल र ओरिजिनल देखिए । मन चोर्ने अभिनय । निर्देशक सुकुमारले एकपटक पटक आफ्नो सिनेमा रो, रस्टिक र ब्रुटली इमानदार छ भनेर प्रमाणित गरेका छन् । एक क्लासिक फिल्म’, उनले ट्वीट गरेका छन् । उनले संगीतकार देवी श्री प्रसादको पनि तारिफ गरेका छन् ।

महेश बाबूको यो ट्वीटमा अल्लूले पनि कमेन्ट गरेका छन् । ‘धेरै धेरै धन्यवाद महेश बाबूजी । धेरै खुशी छु कि तपाईंलाई मेरो अभिनय, पुष्पाको दुनियाँ र सबैको काम राम्रो लाग्यो । मन खुशी बनाउने कम्प्लिमेन्ट । विनम्र छु’, अल्लूले लेखेका छन् ।

ट्वीटरमा दुई स्टारले खुशी साटासाट गरिरहँदा महेशका केही फ्यान भने निरास छन् । उनीहरु अहिले अर्को अभिनेता भन्दा आफ्नो अभिनेता ठूला हुन् भन्ने विषयमा विवाद गरिरहेका छन् ।

यसअघि महेशको फिल्म ‘सरिलेरु नीकेवारु’ र अल्लूको ‘अला वैकुंठपुरमलो’को प्रदर्शनका बेला पनि फ्यानबीच निकै विवाद बढेको छ । दुवै फिल्मले राम्रो कमाई गरेका थिए ।

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  २ : ०८ बजे

दूधकोशीको वित्तीय व्यवस्थापन तत्काल टुङ्ग्याउन मन्त्री घिसिङको आग्रह

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले ६७० मेगावाट क्षमताको

अब निगमको जहाज डाइभर्ट हुँदा भारत नलाने, भैरहवामा अवतरण गर्ने

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अबदेखि आफ्ना जहाज त्रिभुवन

प्रधानाध्यापक र अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित श्री विश्वमैत्री आधारभूत विद्यालयका

सुरक्षित व्यावसायिक वातावरण सुनिश्चित गर्न माग

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घले विधिको शासनको पूर्ण पालना र