अल्लूको तारिफ गर्दा रिसाए महेश बाबुका फ्यान « Khabarhub

अल्लूको तारिफ गर्दा रिसाए महेश बाबुका फ्यान


२१ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– अभिनेता महेश बाबु टलिउड फिल्म उद्योगको ठूला स्टार हुन् । उनकै आँखा अगाडि अब अभिनेता अल्लू अर्जुनको कद तेलुगु फिल्म उद्योगमा बढिरहेको छ । जसकारण यी दुई स्टारका फ्यानबीच सामाजिक सञ्जालमा वाकयुद्ध सुरु भएको छ ।

अल्लूको फिल्म ‘पुष्पा’ले भारतमा राम्रो व्यापार गरिरहँदा महेश बाबु आफ्नो फिल्म ‘सरकारु वारी पाटा’को सुटिङमा व्यस्त थिए । हालैमात्र उनी फिल्मको सुटिङ पुरा गरेर दुबईबाट भारत फर्किइसकेका छन् ।

भारत आएपछि उनले अल्लूको फिल्मको खुलेर प्रशंसा गरेका छन् । ‘पुष्पामा अल्लू अर्जुन स्टनिङ, सेन्सेशनल र ओरिजिनल देखिए । मन चोर्ने अभिनय । निर्देशक सुकुमारले एकपटक पटक आफ्नो सिनेमा रो, रस्टिक र ब्रुटली इमानदार छ भनेर प्रमाणित गरेका छन् । एक क्लासिक फिल्म’, उनले ट्वीट गरेका छन् । उनले संगीतकार देवी श्री प्रसादको पनि तारिफ गरेका छन् ।

महेश बाबूको यो ट्वीटमा अल्लूले पनि कमेन्ट गरेका छन् । ‘धेरै धेरै धन्यवाद महेश बाबूजी । धेरै खुशी छु कि तपाईंलाई मेरो अभिनय, पुष्पाको दुनियाँ र सबैको काम राम्रो लाग्यो । मन खुशी बनाउने कम्प्लिमेन्ट । विनम्र छु’, अल्लूले लेखेका छन् ।

ट्वीटरमा दुई स्टारले खुशी साटासाट गरिरहँदा महेशका केही फ्यान भने निरास छन् । उनीहरु अहिले अर्को अभिनेता भन्दा आफ्नो अभिनेता ठूला हुन् भन्ने विषयमा विवाद गरिरहेका छन् ।

यसअघि महेशको फिल्म ‘सरिलेरु नीकेवारु’ र अल्लूको ‘अला वैकुंठपुरमलो’को प्रदर्शनका बेला पनि फ्यानबीच निकै विवाद बढेको छ । दुवै फिल्मले राम्रो कमाई गरेका थिए ।

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  २ : ०८ बजे

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु