तनहुँको ऋषिङ गाउँपालिकामा पुस २७ गते सार्वजनिक बिदा | Khabarhub Khabarhub

तनहुँको ऋषिङ गाउँपालिकामा पुस २७ गते सार्वजनिक बिदा


२२ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ – जिल्लाको ऋषिङ गाउँपालिकाले यही पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बुधबार बसेको गाउँ कार्यपालिकाको बैठकले उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

दोस्रो ऋषिङ अल्ट्रा म्याराथनको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको प्रवक्ता विजय दरैले जानकारी दिए । गाउँपालिकाले खुला, महिला र स्थानीयका लागि म्याराथन गर्दैछ । म्याराथनका लागि विभिन्न ठाउँमा १६ वटा गेट निर्माण गरिनेछ र प्रत्येक गेटमा चेक प्वाइन्ट राखिनेछ ।

खुला म्याराथन ४२ दशमलव २ किमि दूरीको हुनेछ । धारुङ भञ्ज्याङबाट सुरु हुने दौड रानीपोखरी, गाउँपालिकाको कार्यालय, अर्खलाछाप, काफलडाँडा, पुरानो ऋषिङ, पोखरीभञ्ज्याङ, गोठादी, ढुङ्गाडे, चालिसे, भिरकोट, अर्चल्दी, मौरीबास, दाङसिरी, दुवुङकोट पुगेर टुङ्गिनेछ ।

स्थानीयतर्फ १० किमि दूरी दौड धारुङ भञ्ज्याङबाट सुरु भएर रानीपोखरी, गाउँपालिकाको कार्यालय, अर्खलाछाप, केउराडी, ज्यामिरेमाई मन्दिरमा टुङ्गिनेछ भने महिलातर्फ चार किमि दूरी दौड धारुङबाट सुरु भएर रानीपोखरी, गोरखालीचौतारी, गैह्राथोक, दुर्गामन्दिर, कोटदरवार पुगेर टुङ्गिनेछ ।

खुलातर्फ प्रथम हुनेलाई रु ६५ हजार, द्वितीय हुनेलाई रु ४० हजार, तृतीय हुनेलाई रु २५ हजार र सान्त्वना हुने तीन जनालाई रु दश हजार पुरस्कार प्रदान गरिनेछ । स्थानीयतर्फ प्रथम हुनेलाई रु १५ हजार, द्वितीय हुनेलाई रु १० हजार, तृतीय हुनेलाई रु ६ हजार र सान्त्वना हुने एक जनालाई रु दुई हजार पुरस्कार प्रदान गरिनेछ ।

महिलातर्फ प्रथम हुनेलाई रु १० हजार, द्वितीय हुनेलाई रु आठ हजार, तृतीय हुनेलाई रु पाँच हजार र सान्त्वना हुने एक जनालाई रु दुई हजार पुरस्कार प्रदान गरिनेछ । सोही दिन ऋषिङ–३ मा निर्माण भएको अतिथि भवनको कांग्रेस नेता रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २२ पुस २०७८, बिहीबार  १० : १० बजे

प्रधानमन्त्रीको अनौठो तर्क : भगवान् शिव चाम्लिङ हुन सक्छन्

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् शिव (महादेव) बारेमा अनौठो

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शाह पक्राउ

जनकपुरधाम– बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल शाह पूर्वे

राष्ट्रपतिद्वारा सर्वोच्चमा तीन न्यायाधीश नियुक्त

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा तीन जना न्यायाधीश नियुक्त

विराटनगरस्थित आन्तरिक राजस्व कार्यालय अगाडि सुनचाँदी व्यवसायीको धर्ना

काठमाडौं– सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै

प्रभु बैंकका अध्यक्ष कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं– प्रभु बैंक लिमिटेडका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष किशोर जङ्ग