२५ वर्षपछि सञ्जयसँग मनीषा « Khabarhub

२५ वर्षपछि सञ्जयसँग मनीषा


२२ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड हंगामा)– बलिउड निर्देशक सञ्जय लीला भन्सालीको फिल्म ‘खामोसीः द म्यूजिकल’ हेर्नुभएको छ भने त्यहाँ अभिनेत्री मनीषा कोइरालाको चरित्र ‘एनी’लाई जोकोहीले सम्झन्छन् । यिनै मनीषा र सञ्जय झण्डै २५ वर्षपछि फिल्म ‘हिरामण्डी’मा सहकार्य गर्दैछन् । यो फिल्म ओटीटी प्लेटर्फम नेटफ्लिक्समा रिलिज हुनेछ । फिल्ममा यसअघि नै हुमा कुरेसी र सोनाक्षी सिन्हा अनुबन्धित भइसकेका छन् ।

फिल्म ‘गंगुबाई कठियावाडी’को छायांकन पुरा गरेपछि भन्साली ‘हिरामण्डी’को प्रि–प्रोडक्सनमा व्यस्त छन् । फिल्मले यौनधन्दामा संलग्न महिलाहरुको एकअर्कामा जोडिएको भाग्यको कथालाई देखाउनेछ । फिल्ममा बलिउडका केही दिग्गज अभिनेत्रीहरु यो फिल्ममा पहिलोपटक एकसाथ देखिँदैछन् ।

पहिलो सिजनमा यो फिल्म ७ भागमा प्रसारण हुनेछ । यसको समयावधि एक घण्टाको रहनेछ । सन् २०२२ मै दोस्रो सिजन पनि सुरु हुनेछ । फिल्मको तीन भाग भन्सालीले नै निर्देशन गर्नेछन् भने बाँकी भागको निर्देशनको जिम्मेवारी विभु पुरीले गर्नेछन् । उनी भन्सालीका सहायक हुन् ।

प्रकाशित मिति : २२ पुस २०७८, बिहीबार  ११ : ११ बजे

न्यून गुणस्तरको टिलसेट इन्जेक्सन बजारबाट फिर्ता गर्न विभागको निर्देशन

काठमाडौं– औषधि व्यवस्था विभागले टिलसेट नामक इन्जेक्सनको एक ब्याच न्यून

गोविन्द केसीसँग संवाद जारी छ : शिक्षामन्त्री

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शैक्षिक परामर्श व्यवसायीका लागि

परराष्ट्रले भन्यो- अनलाइन स्क्यामिङ सेन्टरमा ठगीमा परेका ८६० जना नेपालीको उद्धार गर्‍यौँ

काठमाडौं– परराष्ट्र मन्त्रालय मन्त्रालयले मध्यपूर्वको द्वन्द्वका कारण सो क्षेत्रमा रहेका

राहुल गान्धीको आक्रोश : धर्मेन्द्र प्रधान अपराधी शिक्षामन्त्री हुन्, हटाउनै पर्छ

काठमाडौं । भारतमा नीट प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर विपक्षी दल

चितवनमा ३४ परिवारलाई लालपुर्जा वितरण (तस्बिरहरू) 

चितवन– जिल्ला भूमि समस्या समाधान समिति, चितवनले ३४ परिवारलाई जग्गाधनी दर्ता