२५ वर्षपछि सञ्जयसँग मनीषा | Khabarhub Khabarhub

२५ वर्षपछि सञ्जयसँग मनीषा


२२ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड हंगामा)– बलिउड निर्देशक सञ्जय लीला भन्सालीको फिल्म ‘खामोसीः द म्यूजिकल’ हेर्नुभएको छ भने त्यहाँ अभिनेत्री मनीषा कोइरालाको चरित्र ‘एनी’लाई जोकोहीले सम्झन्छन् । यिनै मनीषा र सञ्जय झण्डै २५ वर्षपछि फिल्म ‘हिरामण्डी’मा सहकार्य गर्दैछन् । यो फिल्म ओटीटी प्लेटर्फम नेटफ्लिक्समा रिलिज हुनेछ । फिल्ममा यसअघि नै हुमा कुरेसी र सोनाक्षी सिन्हा अनुबन्धित भइसकेका छन् ।

फिल्म ‘गंगुबाई कठियावाडी’को छायांकन पुरा गरेपछि भन्साली ‘हिरामण्डी’को प्रि–प्रोडक्सनमा व्यस्त छन् । फिल्मले यौनधन्दामा संलग्न महिलाहरुको एकअर्कामा जोडिएको भाग्यको कथालाई देखाउनेछ । फिल्ममा बलिउडका केही दिग्गज अभिनेत्रीहरु यो फिल्ममा पहिलोपटक एकसाथ देखिँदैछन् ।

पहिलो सिजनमा यो फिल्म ७ भागमा प्रसारण हुनेछ । यसको समयावधि एक घण्टाको रहनेछ । सन् २०२२ मै दोस्रो सिजन पनि सुरु हुनेछ । फिल्मको तीन भाग भन्सालीले नै निर्देशन गर्नेछन् भने बाँकी भागको निर्देशनको जिम्मेवारी विभु पुरीले गर्नेछन् । उनी भन्सालीका सहायक हुन् ।

प्रकाशित मिति : २२ पुस २०७८, बिहीबार  ११ : ११ बजे

दूधकोशीको वित्तीय व्यवस्थापन तत्काल टुङ्ग्याउन मन्त्री घिसिङको आग्रह

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले ६७० मेगावाट क्षमताको

अब निगमको जहाज डाइभर्ट हुँदा भारत नलाने, भैरहवामा अवतरण गर्ने

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अबदेखि आफ्ना जहाज त्रिभुवन

प्रधानाध्यापक र अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित श्री विश्वमैत्री आधारभूत विद्यालयका

सुरक्षित व्यावसायिक वातावरण सुनिश्चित गर्न माग

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घले विधिको शासनको पूर्ण पालना र