अमेजनले २२ करोडमा किन्यो ‘पुष्पा’ « Khabarhub

अमेजनले २२ करोडमा किन्यो ‘पुष्पा’


२२ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– दक्षिण भारतीय स्टार अल्लू अर्जून र अभिनेत्री रश्मिका मन्दानाको अभिनय रहेको फिल्म ‘पुष्पा’लाई ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोले २२ करोड रुपैंयाँमा किनेको छ । सुकुमार निर्देशित फिल्म चाँडै नै ओटीटीमा रिलिज हुने तयारीमा छ ।

फिल्म वृत्तमा यो रकमलाई निकै महंगो भनिएको छ । फिल्मले बक्सअफिसमा गरेको सफल कारोबारलाई मध्यनजर गर्दै निर्माताले यति ठूलो रकममा फिल्म बेचेका हुन् ।

फिल्मले अहिले पनि बक्सअफिसमा दमदार कमाई गरिरहेको छ । फिल्मले हिन्दी संस्करणमा ६० करोड बढी कमाई गरिसकेको छ । फिल्मले स्वदेश तथा विदेशमा गरी ३ सय करोड बढी कमाई गरिसकेको छ । फिल्ममा अल्लू निकै रस्टिक लुक्समा देखिएका छन् ।

फिल्मको कथा चन्दनको काठ तस्करीको कथामा आधारित छ ।

प्रकाशित मिति : २२ पुस २०७८, बिहीबार  १ : ०८ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि