संघीय सरकारले दियो लुम्बिनी प्रदेशको राजधानीका लागि एक अर्ब « Khabarhub

संघीय सरकारले दियो लुम्बिनी प्रदेशको राजधानीका लागि एक अर्ब


२३ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल – लुम्बिनी प्रदेशको स्थायी राजधानी निर्माणका लागि संघीय सरकारले एक अर्ब बजेट उपलव्ध गराएको छ ।

दाङ देउखुरीमा स्थायी राजधानीका लागि आवश्यक पर्ने संरचना बनाउन संघीय सरकारले बजेट उपलव्ध गराएको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले संघीय सरकारबाट एक अर्ब प्राप्त भएको जानकारी दिए ।

राजधानी निर्माणका लागि प्रदेशको बजेट मात्र अपुग भएकाले संघीय सरकारसँग छलफल गरी बजेट निकाल्न सफल भएको मुख्यमन्त्री केसीले बताए ।

मुख्यमन्त्री केसीले जग्गा प्राप्तिका विषय र बजेटको विषयले पूर्णता पाउन थालेपछि अब राजधानी निर्माणको कामले गति लिने पनि दावी गरे।

यो रकमबाट गुरुयोजना, भौतिक संरचना निर्माण र जग्गा अधिग्रहणलगायतका काम अगाडि बढाइने केसीले बताए ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  १० : ४९ बजे

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल