काठमाडौं–तराईं द्रुत मार्ग अबको ३ वर्षमा तयार हुने « Khabarhub

काठमाडौं–तराईं द्रुत मार्ग अबको ३ वर्षमा तयार हुने


१४ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराईं/मधेस द्रुत मार्ग (फास्ट ट्र्याक)को काम तोकिएकै समयमा सम्पन्न गर्ने प्रतिवद्धता जनाएको छ । तोकिएकै समयमा काम सम्पन्न गर्न निर्माण कार्यमा तीव्रता दिइएको पनि सेनाको भनाइ छ ।

सेनाका इन्जिनियरिङ विभाग प्रमुख एवम् द्रुतमार्ग परियोजनाका प्रमुख उपरथी योगेन्द्रबहादुर खाँणले आयोजनाको कामलाई तीव्रताका साथ अगाडि बढाइएकाले तोकिएकै समयमा सम्पन्न हुने बताए ।

मंगलबार संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सो आयोजनको कार्यप्रगति विवरण सुनाउँदै खाँणले भने, ‘आयोजनाको काम समयमै सम्पन्न गर्ने गरी निर्माण कार्य तीव्रताका साथ अगाडि बढाइएको छ ।’

आयोजना प्रमुख खाँणले २०६९ सालको असोज महिनाभित्र फास्ट ट्र्याकको सबै काम सम्पन्न हुने खाँणको दाबी थियो । खाँणले निर्धारित समयमै काम सम्पन्न गर्ने गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रि निर्माण व्यवसायीहरुलाई काममा परिचालन गरिएको पनि बताए ।

खाँणका अनुसार फास्ट ट्र्याकमा अहिले पुल निर्माणको काम पनि शुरु भइसकेको छ । यस्तै सुरुङमाग निर्माण हुने खण्डमा केही रुख कटान गर्नुपर्ने भएकाले उक्त काम पनि शुरु गरिएको खाँणको भनाइ छ ।

१० करोड रुपैयाँको लागतमा फास्ट ट्र्याकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको खाँणले बताए । हाल उक्त प्रतिवेदन स्वीकृतिका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पेश गरिएको खाँणको भनाइ थियो ।

फास्ट ट्र्याकमा पर्ने ६ सय ५६ रोपनी जग्गा अधिग्रहणको काम बाँकी रहेको उल्लेख गर्दै खाँणले जग्गा अधिग्रहणको कामलाई पनि अगाडि बढाइने बताए ।

राष्ट्रिय सरोकार तथा समन्वय समितिले आयोजनाले डीपीआर तत्काल स्वीकृत गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।

समितिकी सभापति दिलकुमारी रावल थापाले सो आयोजनाको कामलाई तोकिएकै समयमा सम्पन्न हुने गरी प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा पेश गरिएको विस्तृत परियोजना प्रतिवेदन स्विकृत गर्न सरकारलाई निर्देशन दिइएको जानकारी दिइन् ।

प्रकाशित मिति : १४ जेठ २०७६, मंगलबार  ४ : ०३ बजे

बाढी प्रभावितका लागि अमेरिकाद्वारा पाँच लाख डलर सहयोग

काठमाडौँ– अमेरिकाले नेपालको रसुवामा आएको आकस्मिक बाढीका कारण भएको धनजनको

सरकारले भन्यो- जथाभाबी हेलिकप्टर नउडाउनू

काठमाडौं– सरकारले बाढी पहिरो प्रभावित क्षेत्रमा जथाभाबी हेलिकप्टर नकुदाउन निर्देशन

भोटेकोशी बाढी : खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन

काठमाडौं– रसुवाको भोटेकोशी हुँदै त्रिशूली र नारायणी नदीमा आएको बाढीबाट

बाढी प्रभावितको उद्धारका लागि सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावितहरुको यथाशीघ्र उद्धारका लागि राज्यको

राहत, उद्धार र पुनःस्थापनामा साझा संयनत्र बनाउन रास्वपा सभापति लामिछानेको प्रस्ताव

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशमा