आमिर र संजीदाको डिभोर्स « Khabarhub

आमिर र संजीदाको डिभोर्स


२३ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– टेलिभिजन अभिनेता आमिर अली र अभिनेत्री संजीदा शेखले वैवाहिक सम्बन्धलाई टुंग्याएका छन् । केही समयअघिदेखि उनीहरुको सम्बन्धमा तनाव उत्पन्न भइरहेको खबर आइरहँदा उनीहरुबीच औपचारिक रुपमै डिभोर्स भएको हो । यद्यपि आमिर र संजीदाले यो विषयमा कुनै पुष्टि गरेका छैनन् ।

समाचारअनुसार जोडीले हालसम्म आफूहरुको डिभोर्सको विषयमा कुनै पनि किसिमको भनाई राख्न चाहेका छैनन् । किनकी उनीहरुले सम्बन्धलाई गोप्य राख्न चाहेका छन् ।

आमिर र संजीदाले सन् २०१२ मा विवाह गरेका थिए । उनीहरु लामो समयदेखि एकअर्कालाई चिन्दथे र त्यसै अनुसार डेट गरेका थिए । उनीहरुले विवाह गरेको नौ वर्ष पुरा भइसकेको छ । उनीहरुको सम्बन्धमा खटपट सन् २०२० देखि सुरु भएको थियो । त्यही समयदेखि उनीहरु अलग–अलग बस्ने गरेको खबर पनि बाहिर आएको थियो ।

यो जोडीको सेरोगेसीका माध्यमबाट एक छोरी जन्मिएको छ । जसको नाम आर्या हो । यस विषयमा पनि दुवैले आधिकारिक रुपमा पुष्टि गरेका थिएनन् । उनीहरु निकटका अनुसार जोडीको नौ महिना अघि नै डिभोर्स भइसकेको छ र छोरीको स्याहारसुसारको जिम्मेवारी संजीदाले पाएकी छन् ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  १२ : २५ बजे

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु