तीव्र रूपमा बढे संक्रमित, आज ९ सय ६८ मा संक्रमण पुष्टि « Khabarhub

तीव्र रूपमा बढे संक्रमित, आज ९ सय ६८ मा संक्रमण पुष्टि


२३ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ नेपालमा शुक्रबार ९ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विहीबार ५४० जनामा संक्रमण पुष्टि भएको थियो । शुक्रबार झण्डै दोब्बरले संक्रमितको संख्या बढेको हो ।

देशभर गरिएका ८ हजार २ सय ७२ पीसीआर परीक्षणका क्रममा ५ सय ७२ जना र ६ हजार ६ सय ९९ एन्टीजेन परीक्षणका क्रममा ३ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २७ हजार ८ सय ९३ पुगेको छ । गत २४ घण्टामा कोरोनका कारण मृत्यु भएको छैन । नेपालमा हालसम्म ११ हजार ६ सय २ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप २ सय ६२ जना निको भएका छन् । हालसम्म नेपालमा ८ लाख १३ हजार ७ सय ९ जना निको भएका छन् । हाल ५ हजार ७ सय ४१ सक्रिय संक्रमित आइशोलेशन र ११३ जना क्वारेन्टाइनमा रहेको मन्त्रलयले जनाएको छ ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ५ : ३६ बजे

मनोनित हुने अवसर एकजनालाई एक पटक मात्र दिनुपर्छ : नेता अधिकारी

काठमाडौं – नेकपा एमालेका नेता काशीनथ अधिकारीले समानुपातिकतर्फ एकपटक सांसद

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा – चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र

काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली

डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

अमरगढी – डडेलधुरा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक