काठमाण्डौं- रोजगारीका लागि सात वर्षअघि दक्षिण कोरिया पुगेका एक नेपाली कामदारको मृत्यु भएको छ । अर्घाखाँची घर भएका २७ वर्षीय मधुसुदन श्रेष्ठको कोरियाको छेङ्जुमा मृत्यु भएको अर्घाखाँची सम्पर्क मञ्चका अध्यक्ष शुन्दर पन्थीले जानकारी दिएका छन् ।
पन्थीका अनुसार सात वर्षदेखि कोरियामा रोजगारी गरिरहेका उनको सोमबार मृत्यु भएको हो । उनी कोरियाको छेङ्जुस्थित पुरानो कपडा सुरेगीको काम गर्ने कम्पनीमा कार्यरत थिए ।
प्रतिक्रिया