कोरोना संक्रमणका बेला उड्डयन प्राधिकरणले कमायो मुनाफा | Khabarhub Khabarhub

कोरोना संक्रमणका बेला उड्डयन प्राधिकरणले कमायो मुनाफा


२४ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–कोरोना–१९ महामारीका कारण मुलुकको आर्थिक र सामाजिक क्षेत्रमा असर प¥यो । विशेषगरी अर्थतन्त्रको महत्वपूर्ण आधारमध्येको पर्यटन क्षेत्रमा त नराम्रो असर पर्‍यो । पर्यटन क्षेत्रमा पनि सबैभन्दा बढी एयरलाइन्स र होटल क्षेत्र प्रताडित भए पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले भने मुनामा कमाएको छ ।

प्राधिकरणको वार्षिक प्रगति प्रतिवेदनअनुसार आब (२०७७÷७८ मा प्राधिकरणको आय विमानस्थल विकास शुल्कबाहेक दुई अर्ब सात करोड ३२ लाख प्रक्षेपण गरिएकामा ५७ करोड ४५ लाख अर्थात् २७ दशमलव ७१ प्रतिशतले बढ्न गई दुई अर्ब ६४ करोड ७७ लाख आम्दानी भएको छ ।

त्यसैगरी विमानस्थल विकास शुल्कतर्फ ६० करोड २८ लाख प्रक्षेपण गरिएकामा यथार्थमा २९ करोड ३२ लाख अर्थात् ४८ दशमलव ६४ प्रतिशतले घट्न गई ३० करोड ९६ लाख आम्दानी भएको छ ।

आव २०७५÷७६ मा नौ अर्ब एक करोड १८ लाख रहेको प्राधिकरणको कूल आम्दानी कोरोनाको असरले गर्दा आव २०७६÷७७ मा करिब २९ प्रतिशतले घट्न गई छ अर्ब ३७ करोड ४९ लाख पुगेको छ । आव २०७७÷७८ को कूल आम्दानी आव २०७५÷७६ को तुलनामा करिब ६७ प्रतिशतले न्यून अर्थात् रु दुई अर्ब ९५ करोड ७३ लाख पुगेको छ ।

आव २०७७÷७८ मा प्राधिकरणको पुँजीगत खर्चतर्फ ३० हजार ६४ करोड ४८ लाख, कार्य सञ्चालनमा तीन अर्ब ५६ करोड ६० लाख, आयकर तथा अन्य खर्च छ अर्ब ८९ करोड ९५ लाख गरी जम्मा ४१ अर्ब ११ करोड तीन लाख व्यय अनुमान गरिएकामा पुँजीगत खर्च रु ११ अर्ब ३६ करोड २८ लाख, कार्यालय सञ्चालन खर्च दुई अर्ब ७५ करोड ९२ लाख र आयकर तथा अन्य खर्च दुई अर्ब ७० करोड १८ लाख गरी जम्मा १६ अर्ब ८२ करोड ४८ लाख खर्च भएको छ ।

चालू आव का लागि पँुँजीगत खर्चतर्फ ३२ अर्ब तीन करोड ५५ लाख र कार्य सञ्चालनतर्फ रु चार अर्ब १० करोड ८४ लाख गरी जम्मा रु ३६ अर्ब १४ करोड ३९ लाख विनियोजन गरिएको छ । यस अतिरिक्त नेपाल सरकारलाई मू.अ.कर भुक्तानी रु दुई अर्ब ९२ करोड २३ लाख, लाभांश भुक्तानी रु ५२ करोड ३५ लाख, साँवा व्याज भुक्तानी रु ६६ करोड ४६ लाख, प्रशासकीय पुनरावलोकन तथा पुनरावेदनको लागि रु ४० करोड, कर्मचारी अवकास कोष तथा अन्य भुक्तानीको लागि रु ११ करोड ५६ लाख, कर्मचारी लाभान्स र स्थीर सम्पत्ति प्रतिस्थापनका लागि रु दुई अर्ब २२ करोड विनियोजन गरिएको प्राधिकरणले जनाएको छ ।

चालू आर्थिक वर्ष २०७८÷७९ को स्रोततर्फ नियमित आम्दानी रु पाँच अर्ब ५९ करोड २९ लाख, विमानस्थल विकास शुल्क रु ७९ करोड एवं ऋण, शेयर तथा अनुदानबाट रु २१ अर्ब ३४ करोड ३५ लाख गरी जम्मा रु २७ अर्ब ७२ करोड ६४ लाख हुने अनुमान गरिएको छ । विसं २०७८÷७९ मा प्राधिकरणको कूल बजेट रु ४३ ४३ अर्ब ६७ करोड ७७ लाख रहेको छ । प्राधिकरणको आव २०७६÷७७ सम्मको कूल सञ्चित नाफा रु १६ अर्ब एक करोड २० लाख रहेको छ ।

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  ३ : ४५ बजे

त्रिभुवन राजपथ दैनिक ४ घण्टा बन्द हुने

काठमाडौं– त्रिभुवन राजपथ अन्तर्गत नागढुङ्गा–नौबिसे सडक सोमबारदेखि दिउँसो चार घण्टा

अस्पताल फार्मेसीमै उपचार सामग्री व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटु, हड्डी तथा विभिन्न खालका

मानवीय सहयोग लिएर गएको जहाज गाजामा बेपत्ता

काठमाडौं – गाजामा मानवीय सहयोग लिएर गएको पानी जहाजलाई इजरायली

फेवा सीमाङ्कन : पोखरा पर्यटन परिषदबाट विरोध, होटल संघ समर्थनमा

पोखरा– ‘नो लेक नो मोर लेकसाइड’ लेखिएका नारा पोखराको लेकसाइडका