तराईमा ‘लू’ को खतरा, सावधानी अपनाउन मौसम विभागको सुझाव « Khabarhub

तराईमा ‘लू’ को खतरा, सावधानी अपनाउन मौसम विभागको सुझाव


१४ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले अबको केही दिन पश्चिम तराईमा तापक्रम वृद्धि हुने तथा तातो हावा चल्न सक्ने  भन्दै पूर्व सावधानी अपनाउन आग्रह गरेको छ ।

गर्मीका कारण मानिसहरुमा विभिन्न किसिमका स्वास्थ्यमा समस्या देखिने,  ‘लू’ चल्ने खतरा रहेको भन्दै आम सर्वसाधारणलाई सचेत रहन विभागले सूचित गरेको हो । विभागले गर्मीको समयमा स्वास्थ्यमा विशेष ध्यान आग्रह समेत गरेको छ । यसका लागि विभिन्न निम्न उपाय अपनाउन सुझाएको छ-

गर्मीबाट बच्न यस्तो गनुस्

– अति आवश्यक काममा मात्र घरबाहिर निस्कने,

–बाहिर निस्किँदा सकेसम्म छाता बोकेर निस्कने,

–सम्भव भएसम्म सेतो, पातलो र हलुका लुगा लगाउने,

– गर्मी मौसममा घर बाहिर धेरै नडुल्ने, नखेल्ने,

– सकेसम्म मध्यान्ह तथा अत्यधिक घाममा बढी काम नगगर्ने,

– समय–समयमा आराम गर्ने,

– चिसो पानी तथा पेय पदार्थ प्रशस्त पिउने,

– घर बाहिर बस्दा रूखको छहारी जस्ता शितल ठाउँमा बस्ने,

–फलफूल, काक्रा, तरबुजा–खरबुजा, हरियो सागपात, झोलपदार्थ प्रशस्त खाने,

– झाडापखाला, आउँ जस्ता रोगबाट बच्न पानी तताएर चिसो बनाएर मात्रै पिउने,

–खाना खानुअघि र फोहोर छोएपछि सधैं साबुनपानीले हात धुने,

–आफ्नो घर वरिपरी सधैं सफा राख्ने,

–पानी जम्ने खाल्टाखुल्टी भए पुर्ने,

–चिसो हावा चल्ने तर सुरक्षित ठाउँमा सुत्ने,

– बिरामी परे तुरुन्त चिकित्सकको सल्लाह लिई उपचार गराउने ।

प्रकाशित मिति : १४ जेठ २०७६, मंगलबार  ७ : २४ बजे

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनमा प्रस्तुत

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ – दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

बोर्डको हिट लिस्ट : पलको सोलो सफलता, अनमोलको इन्ट्री, ९ वर्षपछि भेटियो ‘लुट २’

काठमाडौं – ७ करोडभन्दा बढी ग्रस कलेक्सन गर्ने ब्लकबस्टरको संज्ञा

श्रममन्त्रीसँग नेपालका लागि युएईका राजदूतको शिष्टाचार भेट

काठमाडौं – युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि

बालबालिकालाई रुखमा बाँधेर कुटपिट गर्ने चार जना पक्राउ

बारा – बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा बालबालिकालाई डोरीले बाँधेर