ओमानमा कार्यरत १३५ जनाभन्दा बढी नेपालीको नि:शुल्क स्वास्थ्य परीक्षण « Khabarhub

ओमानमा कार्यरत १३५ जनाभन्दा बढी नेपालीको नि:शुल्क स्वास्थ्य परीक्षण



दोहा– पछिल्लो समय ओमानमा कोरोना संक्रमण बढेसँगै त्यहाँ कार्यरत १३५ भन्दा बढी नेपाली कामदारको नि:शुल्क  स्वास्थ्य परीक्षण गरिएको छ ।

गैरआवासीय नेपाली सोसल क्लब ओमानका अनुसार त्यहाँको सोहार तथा सलालाह शहरहरुमा नि:शुल्क स्वास्थ्य परीक्षण सेवा कार्यक्रम सम्पन्न भएको जनाएको छ ।
नि:शुल्क स्वास्थ्य परिक्षण कार्यक्रम त्यहाँ कार्यरत १३५ भन्दाबढी नेपालीहरुको उत्साहजनक रूपमा उपस्तिथि रहेको कार्यक्रम सोहार शहरमा “रिफ हलाब हल” तथा सलालाह शहरमा “लाइफ लाइन हस्पिटल” भित्र आयोजना भएको थियो ।
उक्त नि:शुल्क स्वास्थ्य परीक्षण कार्यक्रम लाइफ ल‌ाइन हस्पिटल ओमानको सहकार्यमा गरिएको थियो । साथै, सोहार शहरमा त्यहाँस्थित नेपाली दूतावासबाट घुम्ती सेवा पनि उपलब्ध गराईएको नेपाली सोसल क्लब ओमानले जनाएको छ ।
यसअघि पनि नेपाली सोसल क्लब ओमानले त्यहाँ कार्यरत नेपाली कामदारहरुको समस्यालाई मध्यनजर गर्दै विभिन्न समयमा नि:शुल्क स्वास्थ्य परिक्षण गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ९ : १० बजे

बाबुरामले हातमा कांग्रेसको रुख लिएर के भने ?

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विभिन्न दृश्य–अदृश्य दबाबका बाबजुद

भूमिहीन दलित तथा अव्यवस्थित परिवारको हातमा जग्गाधनी पुर्जा

काठमाडौं– विभिन्न जिल्लाका भूमिहीन दलित तथा अव्यवस्थित परिवारले जग्गाधनी पुर्जा

नेपालको कृषि रूपान्तरणको चरणमा : कृषि विज्ञ

काठमाडौं– सरोकारवाला विज्ञले नेपालको कृषि क्षेत्र रूपान्तरणको चरणमा पुगेको बताएका

पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई लाइफटाइम अचिभमेन्ट अवार्ड

काठमाडौं- पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले एसिया क्षेत्रको प्रतिष्ठित एसिस अवार्ड अन्तर्गत

परराष्ट्रमन्त्री खनालसँग ब्रुनाईकी नवनियुक्त गैरआवासीय राजदूत जैनीको भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि ब्रुनाई दरुसलामकी नवनियुक्त गैरआवासीय राजदूत