बलिउड अभिनेता सञ्जय दत्त : जेलमा कसरी समय बिताउँथे ? « Khabarhub

बलिउड अभिनेता सञ्जय दत्त : जेलमा कसरी समय बिताउँथे ?


२६ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बलिउड अभिनेता सञ्जय दत्तको जीवन उथलपुथलले भरिपूर्ण छ । सन् १९८० को दशकमा मदिराको लतका कारण उनी चर्चामा रहे । सन् १९९३ को मुम्बई बम हमलाको मामलाले उनलाई जेलको हावा नै खान बाध्य बनायो ।

यसको सुनुवाइ सन् १९९५ जुन ३० बाट सुरु भएको थियो । यो मामलामा झन्डै १२ वर्ष पछि सन् २००७ मे १८ मा सुनुवाइ पुरा भएको थियो । उनी आम्र्स एक्ट अनुसार ६ वर्षको जेल सजायको भागिदार बने ।

सञ्जयका लागि जेल बसाई विशेष रह्यो । उनी पाँच वर्ष जेल बसे र राम्रो काम गरेका कारण उनी आठ महिनाअघि नै रिहा भए । जेलमा उनले काम कैदी सरह समय बिताए । उनले जेलमा धेरै थैली बनाएका थिए ।

सञ्जयका अनुसार उनले पुराना पत्रिकाबाट पेपर ब्याग बनाएर जेलमा पैसा कमाउँथे । उनले यसबापत प्रति बोरी २० पैसा पाउँथे । ‘म जेलमा दैनिक ५० देखि सय ब्याग बनाउँथे । मैले जेलमा बस्दा झन्डै पाँच सय रुपैयाँ कमाएको थिएँ । मैले त्यो सबै पैसा पत्नी मान्यतालाई दिएँ’, सञ्जयले भनेका छन् ।

सञ्जय आफ्ना लागि जेलमा कमाएको पाँच सय रुपैयाँको मूल्य ५ हजार करोड रुपैयाँ बराबर रहेको बताउँछन् । उनले सन् २०१३ देखि सन् २०१६ सम्म पुणेको यवदार सेन्ट्रल जेलमा सजाय कटाएका थिए ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  १० : ४५ बजे

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु