मृत भेटिए कमेडियन बब सगेट | Khabarhub Khabarhub

मृत भेटिए कमेडियन बब सगेट


२६ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(अमर उजाला)–प्रख्यात अमेरिकी कमेडियन बब सगेट मृत भेटिएका छन् । उनी ६५ वर्षका थिए । उनको शव एक होटलमा बरामद गरिएको हो । उनको मृत्युको कारण खुल्न सकेको छैन । प्रहरीले यो मामलामा अनुसन्धान गरिररहेको छ ।

बबको मृत्युको खबरले उनका फ्यान दुःखी छन् । सामाजिक सञ्जालमा उनको कमेडी क्लिप राखेर सम्झना गरिरहेका छन् । प्रहरीले मृतक भेटिएको होटलबाट केही प्रमाण फेला पार्न सकेको छैन । प्रहरीले होटल कोठाबाट लागुऔषध सम्बन्धी कुनै पनि कुरा नभेटिएको जनाएको छ । होटलका कर्मचारीले आइतबार बिहान ४ बजे बबको शव भेटेका थिए ।

बबको टेलिभिजन शो ‘फूल हाउस’ लोकप्रिय मानिन्छ । यो शो सन् १९८७ देखि १९९५ सम्म प्रसारण भएको थियो । उनले यो शोमार्फत करोडौं दर्शकको मन जितेका थिए । उनले कैयौं टेलिभिजन शोको होस्ट पनि गरेका थिए ।

बबको जन्म अमेरिकामा सन् १९६५ मे १७ मा भएको थियो । उनले सन् २०१४ मा ‘डर्टी ड्याडी’ नामक पुस्तक सार्वजनिक गरेका थिए ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ११ : ४२ बजे

न्युजिल्याण्डमा वार्षिक खाद्य मूल्य ४.७ प्रतिशतले बढ्यो

एजेन्सी– न्युजिल्याण्डमा अक्टोबर सन् २०२५ सम्म वार्षिक खाद्य मूल्य ४.७

एक सातामा १ सय ६० जनामा डेंगुको संक्रमण, बागमतीमा संक्रमितको संख्या २ हजार नाघ्यो 

काठमाडौं– पछिल्लो एक सातामा देशभर १ सय ६० जनामा डेंगुको

मिलिन्दाको बलिङले दबाबमा जनकपुर, अर्धशतक बनाउँदै बाहिरिए आशिफ

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा काठमाडौं गुर्खाजका

एनपीएल क्रिकेट : ड्रोनबाट यस्तो देखियो त्रिवि मैदान (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आजदेखि कीर्तिपुरस्थित क्रिकेट

हराउँदै कोदो, बढ्दै माग

तानसेन– यहाँका ग्रामीण क्षेत्रमा हिजोआज पोषिलो तथा औषधीय गुणयुक्त कोदोखेती