‘पुष्पा’को सिक्वेललाई रस्मिकाले बढाइन् पारिश्रमिक | Khabarhub Khabarhub

‘पुष्पा’को सिक्वेललाई रस्मिकाले बढाइन् पारिश्रमिक


२६ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– अभिनेता अल्लू अर्जुन र अभिनेत्री रस्मिका मन्दाना अभिनित फिल्म ‘पुष्पाः द राइज’ले बक्सअफिसमा उत्कृष्ट व्यापार गरिरहेको छ । यो फिल्मको लोकप्रियतापछि निर्माताहरु यसको सिक्वेल ‘पुष्पाः द रुल’ को तयारीमा जुटेका छन् ।

यही क्रममा अभिनेत्री रश्मिकाले सिक्वेलका लागि आफ्नो पारिश्रमिकमा एक करोड बढोत्तरी गरेकी छन् । समाचारअनुसार ‘पुष्पाः द राइज’का लागि रश्मिकाले दुई करोड पारिश्रमिक लिएकी थिइन् । उनले यसको सिक्वेलका लागि अहिले तीन करोड माग गरेकी छन् ।

निर्माताहरु पनि रश्मिकाको मागप्रति सकारात्मक छन् । यदि उनको मागअनुसार पारिश्रमिक पाइन् भने यो उनको करियरकै सर्वाधिक बढी पारिश्रमिक हुनेछ ।

निर्देशक सुकुमारका अनुसार ‘पुष्पाः द रुल’ यही फेब्रुअरीबाट फ्लोरमा जानेछ । फिल्म सन् २०२२ को अन्त्यमा रिलिज हुनेछ । कामको कुरा गर्दा रश्मिका चाँडै नै सिद्धार्थ मल्होत्राका साथ फिल्म ‘मिसन मञ्जु’मा देखिँदैछिन् ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  १ : ५८ बजे

दूधकोशीको वित्तीय व्यवस्थापन तत्काल टुङ्ग्याउन मन्त्री घिसिङको आग्रह

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले ६७० मेगावाट क्षमताको

अब निगमको जहाज डाइभर्ट हुँदा भारत नलाने, भैरहवामा अवतरण गर्ने

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अबदेखि आफ्ना जहाज त्रिभुवन

प्रधानाध्यापक र अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित श्री विश्वमैत्री आधारभूत विद्यालयका

सुरक्षित व्यावसायिक वातावरण सुनिश्चित गर्न माग

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घले विधिको शासनको पूर्ण पालना र