विकास र राजनीतिसँगै लैजानुपर्छ : वरिष्ठ नेता पौडेल « Khabarhub

विकास र राजनीतिसँगै लैजानुपर्छ : वरिष्ठ नेता पौडेल


२७ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकास र राजनीतिलाई सँगसँगै जोडेर लैजानुपर्ने बताएका छन् । तनहुँको ऋषिङ गाउँपालिकाद्वारा आयोजित दोस्रो ऋषिङ अल्ट्रा म्याराथन प्रतियोगिताको समापन कार्यक्रममा उनले विकास र राजनीति एक अर्काका परिपूरक भएको बताए ।

पौडेलले विकासका क्षेत्रमा पछि परेका ऋषिङमा अहिले विकास निर्माणले गति लिन थालेको उल्लेख गर्दै भने, ‘हिजो हामीले विकास निर्माणको सुरुआत गरेको हौं । आज विकास भएका कारण गाउँको मुहारमा परिवर्तन आएको छ ।’ उनले गाउँपालिकाले खेलकुदका माध्यमबाट सिङ्गो गाउँपालिका क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न चालेको कदम सकारात्मक रहेको उल्लेख गरे ।

वरिष्ठ नेता पौडेलले खेलकुद राष्ट्रको गहना भएको बताउँदै यसको सम्वद्र्धनका लागि राज्यले उचित ध्यान दिन सके सक्षम खेलाडी उत्पादनमा सहज हुनेमा जोड दिए। खेलकुद मानिसको स्वास्थ्यका लागि पनि उत्तिकै महत्वपूर्ण भएको उल्लेख गर्दै उनले स्थानीय तहले खेलकुद क्षेत्रलाई प्राथामिकतामा राखेर राष्ट्रियस्तरका खेलाडी उत्पादनमा जोड दिनुपर्ने बताए ।

वरिष्ठ नेता पौडेलले म्याराथन प्रतियोगितामा विजयी हुने खेलाडीलाई नगद, प्रमाणपत्र, मेडल र ट्रफिबाट पुरस्कृत गरे ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  १० : ४० बजे

बिपी राजमार्ग नखुल्दा यात्रुलाई सास्ती

काभ्रेपलाञ्चोक – शनिबार र आइतबारको वर्षाका कारण अवरुद्ध बिपी राजमार्ग

लालीगुराँस महोत्सवमा साहित्यमय बन्यो चोत्लुङ पार्क

तेह्रथुम – यहाँको लालीगुराँस नगरपालिकास्थित चोत्लुङ पार्क शनिबार र आइतबार

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौँ – आज २०८३ साल वैशाख १४ गते सोमबार। वैशाख

आज २०८३ साल वैशाख १४ गते सोमबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख १४ गते सोमबार। वैशाख