क्यानडामा कोरोना खोप नलगाए कर तिर्नुपर्ने « Khabarhub

क्यानडामा कोरोना खोप नलगाए कर तिर्नुपर्ने


२८ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्युबेक – क्यानडाको क्युबेक प्रान्तमा कोभिड १९ विरुद्ध खोप नलगाउने व्यक्तिलाई सरकारले स्वास्थ्यसम्बन्धी नयाँ कर लगाउने भएको छ ।

कोभिडका कारण संक्रमितको संख्या बढेसँगै सो प्रान्तमा खोप नलगाउनेलाई स्वास्थ्य करको प्रावधान ल्याउन लागिएको हो ।

‘खोप लगाउन अस्वीकार गर्ने सम्पूर्ण वयस्कलाई कर लगाउने तयारी गरेका छौ । किनकी उनीहरु सम्पूर्ण क्युबेक प्रान्तका लागि बोझ हुन्,’ क्युबेक प्रान्तका प्रमुख फ्रान्कोइस लेगाल्टले भने ।

उनका अनुसार खोप नलगाउने १० प्रतिशत व्यक्तिका कारण त्यहाँका ९० प्रतिशत व्यक्तिको स्वास्थ्यमा असर गरेको छ । खोप नलगाएका वा लगाउन अटेरी गर्नेलाई कर लगाइने उनले बताए । खोपको पहुँच हुँदा हुँदै पनि कतिपय व्यक्तिले लगाउन अस्वीकार गर्दै आएका छन् ।

आईसीयूमा उपचारार्थ ५० प्रतिशत व्यक्तिमध्ये अधिकांश खोप नलगाएका भएको उनको भनाई छ ।

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  ११ : २२ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी