कोरोनाको ओमिक्रोन भेरियन्ट: हटस्पट बन्दै काठमाडौं « Khabarhub

कोरोनाको ओमिक्रोन भेरियन्ट: हटस्पट बन्दै काठमाडौं


२९ पुस २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट तीव्र रूपमा फैलिएको छ ।

काठमाडौं उपत्यका कोरोना महामारीको तेस्रो लहरको हटस्पट बनेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरण अनुसार पछिल्लो समय काठमाडौँमा कोरोना भाइरस संक्रमितको संख्यामा तीव्र वृद्धि भएको छ ।

बुधवार देशभर एकै दिन ३ हजार ७५ स‌ंक्रमित थपिँदा काठमाडौं उपत्यकामा मात्रै १ हजार ४ सय ९८ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बुधवार मात्र काठमाडौंमा १ हजार १ सय २८, भक्तपुरमा १ सय ३४ र ललितपुरमा २ सय ३६ कोरोनाका संक्रमित थपिएका हुन् ।

यो विवरण अनुसार काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या बढेर ११ हजार नाघेको छ भने पछिल्लो २४ घन्टामा थप दुई संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : २९ पुस २०७८, बिहिबार  ६ : ०० बजे

दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को, रोजगारीको खोजीमा बिदेसिँदै नेपाली

काठमाडौँ- नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा अन्य

प्रहरीका निःशुल्क बस सेवाबाट तीन हजारभन्दा बढी यात्रु लाभान्वित

काठमाडौँ- बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले

पाकिस्तानका हुसेनले तलतले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौँ- पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न