विश्व इतिहासमा आजः एल सालभाडोरको विनाशकारी भूकम्पदेखि ट्रम्पमाथि दोस्रो पटक महाअभियोग « Khabarhub

विश्व इतिहासमा आजः एल सालभाडोरको विनाशकारी भूकम्पदेखि ट्रम्पमाथि दोस्रो पटक महाअभियोग


२९ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज १३जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः

एल सालभाडोरको विनाशकारी भूकम्प

सन् २००१ मा मध्ये अमेरिकी देश एल साल्भाडोरमा शक्तिशाली भूकम्प गएको थियो । १३ जनवरीमा गएको सो भूकम्प देशकै विनाशकारी भूकम्पमध्येको एक थियो । भूकम्पमा परेर एक हजारको मृत्यु भएको थियो भने ३१५ जना घाईते भएका थिए । ठीक एक महिनापछि अर्को शक्तिशाली भूकम्प जाँदा ३१५ जनाको मृत्यु भएको थियो ।

माइक्रोसफ्टको स्थापना

आज नै अमेरिकाका धनाढ्य तथा माइक्रोसफ्टका मालिक बिल गेट्सले माइक्रोसफ्टको सीईओबाट राजीनामा दिएका थिए । पाउल एलनसँग मिलेर सन् १९७५ मा गेट्सले माइक्रोसफ्ट स्थापना गरेका थिए ।

इटालीको विनाशकारी भूकम्प

आज नै अर्थात सन् १९१५ मा इटालीमा शक्तिशाली भ्रकम्प गएको थियो । इटालीको इतिहासमै सवैभन्दा विनाशकारी मानिएको सो भूकम्पमा परेर कम्तिमा पनि ३० हजार जनाको मृत्यु भएको थियो । भूकम्पबाट राजधानी रोमबाट १०० किलोमिटर पूर्वमा रहेको एभेजानो सहर नराम्रोसँग प्रभावित भएको थियो ।

ट्रम्पमाथि दोस्रो पटक महाअभियोग

सन् २०२१ को १३ जनवरीमा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि माथिल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले महाअभियोग लगाएको थियो । माथिल्लो सदनबाट दुई पटक महाअभियोग लाग्ने उनी अमेरिकाकै पहिलो राष्ट्रपति हुन् । सन् २०२० को राष्ट्रपति निर्वाचनमा जोन बाइडेनसँग पराजित भएपछि उनका समर्थकले मतपरिणाम अस्वीकार गर्दै संसद बैठक चलिरहेको स्थान क्यापिटोल भवनमा हुलदंगा मच्चाएका थिए ।

प्रकाशित मिति : २९ पुस २०७८, बिहीबार  ७ : ३० बजे

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ । राष्ट्रिय बाघ

२०८२-८३ मा निर्जीवन बीमा व्यवसाय : ५१ अर्ब ९२ करोड प्रिमियम संकलन

काठमाडौं– आर्थिक वर्ष २०८२-८३ मा निर्जीवन बीमा कम्पनीहरूले कुल ५१

देवानगञ्ज घटनापछि सीमा नाकामा कडा सुरक्षा, परिचय पत्र नबोक्ने भारतीयलाई नेपाल छिर्न निषेध

मोरङ- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि

सोरुबाट सुरु भएको थियो कर्णाली प्रदेशका पाँचौँ मुख्यमन्त्री जीवन यात्रा

कर्णाली– कर्णाली प्रदेशको नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाही मुगु जिल्ला सोरु

सुकुम्वासीको पुकारा- अस्वस्थ शरीर र त्रसित मन लिएर कसरी बाँचौँ ? 

सरकारले खोला किनारमा रहेका सुकुम्वासी बस्तीमा डोजर लगाएपछि सयौँ परिवार