७ महिनापछि नाइजेयरियामा हट्यो ट्विटरमाथिको प्रतिबन्ध « Khabarhub

७ महिनापछि नाइजेयरियामा हट्यो ट्विटरमाथिको प्रतिबन्ध


२९ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अबुजा– अन्ततः नाइजेरिया सरकारले ट्विटरमाथि लगाएको प्रतिबन्ध हटाएको छ । राष्ट्रपति मुहमदु बुहारीको एउटा विवादास्पद ट्विटपछि सात महिनाअघि सरकारले समाजिक सञ्जालको महत्वपूर्ण माध्यम ट्विटरमा प्रतिबन्ध लगाएको थियो ।

बुहारीले गरेको एउटा ट्विट कमेन्टलाई लिएर अन्तर्राष्ट्रिय स्तरमा चर्को विरोध भएपछि टविटरले जुन महिनादेखि नाइजेरियामा ट्विटरमा प्रतिबन्ध लगाएको थियो ।

प्रतिबन्ध हट्नुअघि सरकार र ट्विटर कम्पनीबीच भएको लामो छलफल भएको थियो । ‘राष्ट्रपति बुहारीले ट्विटरमाथि लगाएको प्रतिबन्ध फुकाउने विषयमा कम्पनीसँग सहमति जनाएका छन् ।

बुधबार राति १२ बजेदेखि नाइजेरियाा ट्विटर पुनः सञ्चालनमा आएको छ,’ देशको सूचना प्रविधि निकायले एक विज्ञप्तिमा भनेको छ ।

नाइजेरियामा ट्विटरमा प्रतिबन्धलाई लिएर अमेरिका, युरोपेली युनियन र क्यानडाले चासो देखाएका थिए ।

प्रकाशित मिति : २९ पुस २०७८, बिहीबार  ११ : ०० बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका