बंगलादेश पढ्न गएका विद्यार्थीको सामान त्रिभुवन विमानस्थलबाट चोरी | Khabarhub Khabarhub

बंगलादेश पढ्न गएका विद्यार्थीको सामान त्रिभुवन विमानस्थलबाट चोरी


२९ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बंगलादेश पढ्न गएका विद्यार्थीको सामान त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलबाट चोरी भएको छ ।

मंगलवार दिउँसो हिमालयन एयरलाइन्सको फ्लाइट नम्बर एच ९६७८ मार्फत् ढाका जाने क्रममा नित्या कार्कीको नगदसहित सामान चोरी भएको हो। उनी अध्ययनका लागि बंगलादेश प्रस्थान गरेकी थिइन ।

नेप्लिज मेडिकल स्टुडेन्ट्स बंगलादेशका अध्यक्ष नवीन यादवका अनुसार कार्कीसँगै अन्य विद्यार्थीको लगेजको ताल्चा भाँचिएको अवस्थामा पाइएको छ । ढाकामा पुगेपछि पैसा साट्नेक्रममा लगेज च्यातिएको अवस्थामा भेटिएको विमानस्थलमा भेटिएका विद्यार्थीलाई उदृत गर्दै यादवले बताए ।

उनीहरूले तत्काल स्थानीय प्रहरीलाई खबर गरे पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै चोरी भएको हुनसक्ने जवाफ दिएको अध्यक्ष यादवले बताए ।

नेप्लिज मेडिकल स्टुडेन्ट्स बंगलादेशले एक विज्ञप्ति जारी गरी यथाशीघ्र आवश्यक छानबिन गरेर पीडित विद्यार्थीको रकम र सामान हस्तान्तरण गर्न माग गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘छानबिनमा सहयोग नगरे बंगलादेशमा अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरुले हिमालयन एयरलाइन्सलाई बहिस्कार गर्नेछौँ।’

विज्ञप्तिमार्फत यादवले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण र सम्बन्धित निकायलाई घटनाबारे ध्यानाकर्षण गराएका छन्।

प्रकाशित मिति : २९ पुस २०७८, बिहीबार  ६ : ४० बजे

नदीजन्य पदार्थ उत्खननमा प्रतिबन्ध

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रभित्रका खोला तथा नदी नालाबाट नदीजन्य

तीन लाख किम्बुका बेर्ना बिक्रीका लागि तयार 

चितवन– व्यवसायिक किट विकास फर्म भण्डाराले तीन लाख बढी किम्बुका

उद्योगीलाई जग्गा किन्न लगाउने होइन, कन्ट्रयाक्टमा दिने व्यवस्था राम्रो हुन्छ

काठमाडौँ – नेपालको भूमिको वितरण सामन्ती प्रणालीमा आधारित रहेको यथार्थ

मुग्लिन-पोखरा सडक विस्तार : पश्चिम खण्डमा ५३ प्रतिशत काम 

तनहुँ– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्डमा ५३ प्रतिशत काम

ट्रम्पको दक्षिणपन्थी बाटोमा संकटको बादल

काठमाडौं– अमेरिकाको राष्ट्रपति पदमा डोनाल्ड ट्रम्पको पुनरोदयसँगै उदाएको दक्षिणपन्थी राजनीतिभित्रै