नेप्से परिसूचक ५४ अंकले वृद्धि « Khabarhub

नेप्से परिसूचक ५४ अंकले वृद्धि


२९ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शेयर बजार मापक नेप्से परिसूचक साताको अन्तिम कारोबारको दिन बिहीबार बढेको छ ।

बुधबारको कारोबारमा ३०.५१ अंक घटेको नेप्से, बुधबार नेप्से परिसूचक ५४.१२ अंक बढेर २ हजार ८५७.७५ विन्दुमा पुगेको छ । आज ठूला कम्पनीको मूलय मापक सेन्सेटिभ इण्डेक्स पनि ८.९४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.०९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.३४ अंकले बढेको छ ।

बुधबार कारोबारमा आएको दिन २२४ कम्पनीको १ करोड १८ लाख ३४ हजार कित्ता शेयर ६ अर्ब ६६ करोड ९७ लाख ४८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्से पसिूचक बढे पनि बुधबारको तुलनामा कारोबार रकम भने घटेको छ । बुधबार नेप्सेमा ८ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ । अन्य उपसमूहको परिसूचक भने सामान्य घटेको छ ।जसमा जलविद्युत उपसमूहको परिसूचक सबैभन्दा बढी ४.९ प्रतिशत बढेको छ । लगानी, वित्त र लघुवित्त उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढीले बढेको छ । त्यस्तै व्यापार, विकास बैंक, निर्जीवन बीमा र जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ ।

आज कारोबारमा आएका मध्ये मध्य भोटेकोशीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै माउन्टेन हाइड्रो, कर्णाली डेभलपमेन्ट बैंक र शिवश्री हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। तर यता नारायणी डेभलपमेन्ट बैंक र राष्ट्रिय बीमा कम्पनीको शेयरमूल्य भने १ प्रतिशत घटेको छ ।

आज कारोबार रकमका आधारमा ३४ करोड ३१ लाख ४३ हजार रुपैयाँ बराबरको शेयर कारोबार गरेर अपर तामाकोशी शीर्ष स्थानमा रहेको छ । त्यस्तै अपि पावर, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको पनि २१ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।

प्रकाशित मिति : २९ पुस २०७८, बिहीबार  ६ : ०० बजे

निर्वाचन ७७ दिन बाँकीः नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौं – निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार

आज २०८२ साल पुस ३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार

भृकुटीमण्डपमा गफिँदैछन् एमाले अध्यक्ष र महासचिवका उम्मेदवार

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी