विश्वमा सबैभन्दा शक्तिशाली पासपोर्ट जापान र सिंगापुरको « Khabarhub

विश्वमा सबैभन्दा शक्तिशाली पासपोर्ट जापान र सिंगापुरको

नेपाल १०५ औँ नम्बरमा


२९ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धेरै देशमा अनअराइभल भिसा पाउने देशको सूचीमा जापान र सिंगापुर रहेका छन् । यही सूचीका आधारमा कुन देशको पासपोर्ट कति शक्तिशाली भन्ने मापन गरिन्छ ।

बेलायतको राजधानी लण्डनस्थित विश्वका नागरिकता तथा आवासीय परामर्शदाता संस्था हेन्ले एण्ड पार्टनर्सको पछिल्लो प्रतिवेदनमा विश्वका धनी मुलुकका नागरिकले जुनसुकै देशमा स्वतन्त्रपूर्वक हिँडडुल गर्न पाउँदै आएका छन् ।

अन्तर्राष्ट्रिय हवाई यातायात एसोसिएसन (आइएटीए) ले सन् २००६ देखि गरेको अध्ययनबाट उक्त निचोड निकालिएको हेन्लेको रिपोर्टमा उल्लेख छ ।

कोरोना महामारीपछि विश्व यात्रामा केही शिथिलता देखापरे पनि उक्त प्रवृत्तिमा कुनै परिवर्तन नआएको बताइएको छ । जसअनुसार लामो समयदेखि एसियाली मुलुक जापान र सिंगापुरका नागरिकले बोक्ने पासपोर्टलाई विश्वका अधिकांश मुलुकका अध्यागमनमा सोझै भिसा लगाइने गरेको छ । उनीहरुलाई कुनै पनि देशमा जानुअघि भिसा लिनु पर्दैन । पासपोर्ट बोकेर हिँडे पुग्छ ।

जापान र सिंगापुरका नागरिकलाई विश्वका १ सय ९२ वटा देश तथा क्षेत्रमा अनअराइभल भिसा पाउने यात्रा सुविधा छ । उक्त अध्ययनअनुसार जापान र सिंगापुरको पासपोर्ट सबैभन्दा शक्तिशाली देखिएको हो । त्यसपछि दक्षिण कोरिया र जर्मनी रहेका छन् । उनीहरुलाई १ सय ९० देशमा जाने त्यस्तो सुविधा छ ।

तेस्रो स्थानमा फिनल्याण्ड, इटाली, स्पेन र लक्जेम्बर्ग छन् । ती देशका नागरिकाले पासपोर्ट बोकेर हिँडे भने १ सय ८९ वटा मुलुकमा अनअराइभल भिसा पाउँछन् । सोही क्रममा अष्ट्रिया, डेनमार्क, फ्रान्स, नेदरल्याण्डस, स्वेडेनलाई १ सय ८८ वटा मुलुकले, आयरल्याण्ड र पोर्चुगललाई १ सय ८७, बेल्जियम, न्युजिल्याण्ड, नर्वे, स्वीटजरल्याण्ड, बेलाय र अमेरिकालाई १ सय ८६ वटा मुलुकले अनअराइभल भिसा दिन्छन् ।

त्यसपछि सातौं स्थानमा अष्ट्रेलिया, क्यानडा, चेक रिपब्लिक, ग्रिस, माल्टालाई १ सय ८५ मुलुक, आठौंमा पोल्याण्ड तथा हंगेरीलाई १ सय ८३ मुलुक, नवौंमा लिथुआनिया र स्लोभाकियालाई १ सय ८२ मुलुक तथा दशौंमा इस्टोनिया, लात्भिया र स्लोभेनियाको पासपोर्टलाई १ सय ८१ मुलुकले अनअराइभल भिसा दिने गरेका छन् ।

यहि क्रममा विश्वका कमजोर पासपोर्टको रुपमा अफगानिस्तान १ सय ११ औं स्थानमा छ । त्यसअघि इराकलाई २८ वटा मुलुकले मात्र अनअराइभल भिसा दिन्छन् । इराकको पासपोर्ट १ सय १० नम्बरमा रहेको छ । १ सय ४ नम्बरमा उत्तर कोरियाको पासपोर्ट छ, जसलाई विश्वका ३९ वटा देशमा अनअराइभल भिसा दिइन्छ ।

नेपालको स्थान १ सय ५ नम्बरमा रहेको देखाइएको छ । नेपालीहरुलाई ३७ वटा देशमा अनअराइभल भिसा प्राप्त हुन्छ । यो नम्बरमा प्यालेष्टाइनसमेत रहेको छ ।

त्यसपछि १ सय ६ नम्बरको सोमालियालाई ३४ देश, १ सय ७ नम्बरमा रहेको यमनलाई ३३ देश, १ सय ८ नम्बरमा रहेको पाकिस्तानलाई ३१ देश, १ सय ९ नम्बरमा रहेको सिरियालाई २९ देशले अनअराइभल भिसा दिने हेन्ले एण्ड पार्टनर्सको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : २९ पुस २०७८, बिहीबार  ६ : ४९ बजे

सस्मितलाई दिइयो शिक्षा मन्त्रालयको जिम्मेवारी 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षामन्त्रीमा सस्मित पोखरेललाई अगाडि सार्ने भएको

बालेन र्‍यापर हुँदै मुलुकको कार्यकारी प्रमुखसम्म

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ शुक्रबार नेपालको ४३ औँ प्रधानमन्त्रीमा नियुक्त

यसपटक तोसिमाले अवसर नपाउने, निशाले सम्हाल्दै स्वास्थ्य मन्त्रालय

काठमाडौं- बालेन्द्र शाहले स्वास्थ्यमन्त्रीमा निशा मेहतालाई अगाडि सार्न लागेका छन्।

यस्तो बन्ने भयो बालेन सरकारको १५ सदस्यीय क्याबिनेट

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा

प्रतिभा रावलले सम्हाल्ने भइन् सामान्य प्रशासन मन्त्रालय

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टीकी सह-प्रवक्ता प्रतिभा रावललाई