माघीसँगै नयाँ वर्षको स्वागत गर्दै थारु समुदाय « Khabarhub

माघीसँगै नयाँ वर्षको स्वागत गर्दै थारु समुदाय


३० पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी – पश्चिम नेपालको तराईका थारु बस्तीमा माघी पर्वको रौनक छाएको छ । भोलि माघ १ गतेलाई यहाँ माघी पर्वका रुपमा मनाइन्छ ।

माघी आउन एक दिन मात्र बाँकी रहँदा पश्चिम नेपालका कैलाली, कञ्चनपुर, बर्दिया लगायतका जिल्लाका थारु बस्तीमा जाँड, ढिक्री, रोटीलगायत थारु परिकार बनाउन थालिएको छ । माघीमा मघौटा, धमार झुम्रा नाचमा पनि रमाइन्छ ।

घरबाहिर रहेका सदस्यहरु पनि माघी मनाउन आइसकेका छन् । थारु समुदायमा माघीसँगै नयाँ वर्ष पनि सुरु हुने गर्छ । १ माघदेखि थारु संवत २६४४ सुरु हुँदैछ ।

कैलालीको धनगढी उपमहानगरपालिका-३ का श्यामु चौधरीका अनुसार नयाँ वर्षमा ‘जीता’ (बंगुर)को मासु खाने प्रचलन छ । ‘नयाँ वर्षलाई स्वागत गर्न गाउँ वस्ती आसपास नदीमा सरसफाई पनि गरिएको छ,’ चौधरीले भने, ‘ठाउँठाउँमा मेला लाग्छ । तर, यो वर्ष कोभिड संक्रमणका कारण मेलाको रौनक छैन ।

खानपिन संस्कृति

माघीमा बंगुरको, माछा, घोंगी, गङ्गेटालगायत खानाका परिकार खाने गरिन्छ । यो पर्वमा नयाँ वर्ष शुभारम्भ हुने भएकाले आफ्ना परिवारका लागि नयाँ–नयाँ लत्ताकपडाको पनि उचित जोहो हुने गरेको कैलारी गाउँपालिका-५ का चन्द्र बहादुर चौधरीले बताए ।

थारु अगुवा माघव चौधरीका अनुसार ‘जीता’ को प्रसादसँगै रातभर जाग्रम बस्दै मघौटा नाच प्रदर्शनी गरिन्छ । याे आज राति हुन्छ । यो नाच दाङबाट कैलाली बसाइँ सरेका थारु समुदायले भित्र्याएका हुन् । अन्यत्रबाट आएका थारु समुदायले भने धमार, झुमा नाच पनि नाच्ने गर्छन् ।

भल्मन्सा, गुरुवा चयन गरिँदै

थारु समुदायमा भल्मन्सा (गाउँका मुखिया), गुरुवा(धामीझाक्री) र चिरागी (कटवाल) पनि चयन गरिन्छ । गाउँमा सडक ममर्तदेखि सार्वजनिक कार्यक्रम, खोप कार्यक्रम लगायतको जानकारी चिरागीमार्फत दिइन्छ । सामाजिक काममा भल्मन्साको रोहबरमा निर्णय हुन्छ । ससाना विवाद पनि यही टिमले समाधान गर्छ ।

माघीको दोस्रो दिन २ माघमा गाउँगाउँमा माघी दिवानी (विशेष छलफल) गरिन्छ । त्यस दिन छलफलका माध्यामबाट थारु समुदायमा नयाँ नेतृत्व चयन गर्ने परम्परा छ ।

-न्युज कारखानाबाट

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  ८ : १५ बजे

सामाजिक विषयलाई उजागर गरेको चलचित्र ‘गौँथली’

काठमाडौँ– डा. भोला रिजालले झन्डै २५ वर्ष अगाडि गीतिकथानक चलचित्र

नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजतपत्र नवीकरण नगर्ने ४४

कोरला नाका जोड्ने (छुसाङ-घमी) सडकको कालोपत्र ठेक्का आह्वान

मुस्ताङ- उत्तर/दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक

कालीकोटको गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला– कालीकोटको गगनेखोलामा गएराति गएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य

कालीकोट– कालीकोटको तिलागुफा नगरपालिकाले नगर क्षेत्रभित्र उत्पादित स्याउ जिल्ला बाहिर