शंकास्पद वस्तु फेला, सेनाको टोली नआइपुग्दा त्रास | Khabarhub Khabarhub

शंकास्पद वस्तु फेला, सेनाको टोली नआइपुग्दा त्रास


३० पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा– संखुवासभाको चैनपुर नगरपालिका–६ बजार नजिकैको शंकास्पद वस्तु फेला परेको २४ घण्टा पुग्न लाग्दामा पनि सेनाको बम डिस्पोजल टोली आइनपुग्दा त्रासको वातावरण सिर्जना भएको छ ।

चैनपुर– ६ को टेलिकम टावर नजिकै गढी डाँडा छेउमा बिहीबार साँझ शंकास्पद वस्तु फेला परे पनि शुक्रबार अपरान्हसम्म सेनाको टोली आइनपुगेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रमुख प्रहरी निरीक्षक योगराज खतिवडाले बताए ।

पार्क बनाउन स्काभेटरले खन्ने क्रममा बिहीबार साँझ शंकास्पद वस्तु फेला परेको प्रहरी निरीक्षक खतिवडाले बताए । शंकास्पद वस्तु फेला परेको क्षेत्रमा प्रहरीले सुरक्षा गरिएको उनको भनाइ छ ।

उक्त शंकास्पद वस्तु डिस्पोजका लागि सदरमुकाम खाँदबारीमा रहेको नेपाली सेनाको नयाँ भैरवी दल गुल्मको टोलीलाई खबर गरिसकेको भए पनि अहिलेसम्म आइनपुगेको प्रहरी निरीक्षक खतिवडाले बताए ।

चैनपुर–६ गढी डाडाँमा प्रदेश १ सरकार पर्यटन मन्त्रालयको सहयोगमा पार्क निर्माण हुन लागेको छ ।

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  २ : ४९ बजे

आजको मौसम पूर्वानुमान : एक-दुई स्थानमा हल्का वर्षा

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल कात्तिक ५ गते बुधबार। कात्तिक

आज २०८२ साल कात्तिक ५ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक ५ गते बुधबार। कात्तिक

प्रधानमन्त्रीलाई माओवादीले सोध्योः डेढ महिनासम्म भत्केका कार्यालय र निवासमा सरकार किन पुगेन?

काठमाडौँ– नेकपा माओवादी केन्द्रले सरकार सञ्चालनको डेढ महिनासम्म पनि नेताको