लिपुलेकबारे कांग्रेसले भन्यो : भारतले सडक निर्माण गर्नू आपत्तिजनक « Khabarhub

लिपुलेकबारे कांग्रेसले भन्यो : भारतले सडक निर्माण गर्नू आपत्तिजनक


३० पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ दल नेपाली कांग्रेसले नेपाली भूमि लिपुलेकमा भारतले सडक निर्माण गर्नू आपत्तिजनक भएको बताएको छ । कांग्रेस महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले शुक्रबार साँझ कांग्रेसको धारणा सार्वजनिक गर्दै लिपुलेकमा भारतले सडक निर्माण गरेकोमा आपत्ति प्रकट गरेका हुन् ।

कांग्रेसले लिपुलेकमा भारतले गरिरहेको सडक निर्माण गम्भीर भएको भन्दै निर्माण कार्य रोक्न माग गरेको छ । कांग्रेसले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि भएको भन्दै सो भूमि नेपालले उपभोग गर्न पाउनुपर्ने बताएको छ । यस्तै कालापानीबाट भारतीय सेना हट्नुपर्ने भन्दै कांग्रेसले सुगौली सन्धि दुबै देशले स्वीकारेको भन्दै सोही तथ्यमा सीमा विवाद समाधान हुनुपर्ने बताएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही दिन अगाडि लिपुलेकमा सडक विस्तारको काम भइरहेको बताएका थिए । उनको सो भनाइपछि नेपालमा त्यसको तीव्र विरोध भइरहेको छ ।

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  ७ : ३८ बजे

राष्ट्रको स्वाधीनता रक्षा गर्ने दायित्वबाट वामपन्थी विमुख भएको प्रचण्डको टिप्पणी

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रको स्वाधीनता

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा डेनियल

न्यून गुणस्तरको टिलसेट इन्जेक्सन बजारबाट फिर्ता गर्न विभागको निर्देशन

काठमाडौं– औषधि व्यवस्था विभागले टिलसेट नामक इन्जेक्सनको एक ब्याच न्यून

गोविन्द केसीसँग संवाद जारी छ : शिक्षामन्त्री

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शैक्षिक परामर्श व्यवसायीका लागि

परराष्ट्रले भन्यो- अनलाइन स्क्यामिङ सेन्टरमा ठगीमा परेका ८६० जना नेपालीको उद्धार गर्‍यौँ

काठमाडौं– परराष्ट्र मन्त्रालय मन्त्रालयले मध्यपूर्वको द्वन्द्वका कारण सो क्षेत्रमा रहेका